म्याग्दीमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

  • १५ मंसिर २०७७, सोमबार
  • 1276 पटक पढिएको

म्याग्दी १५ मंसिर । म्याग्दीमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितको कन्ट्याक्ट टे«सिङ र शंकास्पद विरामीहरुको २७ जनाको नमुना संकलन गरि पिसिआर परिक्षणको लागि पठाईएकोमा सोमबार ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो ।


थपिएका संक्रमित मध्ये अन्नपूर्ण गाउँपालिका, बेनी नगरपालिका र रघुगंगा गाउँपालिकामा रहेका छन् । तनहुँ ठेगाना भई हाल अन्नपूर्ण– २ वस्ने वर्ष ४९ को पुरूष १, अन्नपूर्ण –३ ठेगाना भएका वर्ष ५४ र ४५ का पुरूष १÷१ जना महिला र पुरुष, मुस्ताङ ठेगाना भई हाल तातोपानी बस्ने वर्ष ३६ कि १ महिला, अन्नपूर्ण –२, ३ र ८ वडा ठेगाना भएका वर्ष ५०, २७ र ३७ का ३ जना पुरूष , बैतडी ठेगाना भई हाल रघुगंगा बस्ने वर्ष २६ को एक पुरूष ,गुल्मी र रूपन्देही घर भई हाल बेनी बस्ने वर्ष ३३ र ३४ का महिला १ र पुरूष १ जना, बेनी नगरपालिका– १० ठेगाना भएका १ जना पुरूष गरि जम्मा ११ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । मोरङ ठेगाना भई हाल निलगिरी हाईड्रोमा कार्यरत वर्ष २९ का १ जना पुरूषमा पनि पोखराबाट संक्रमण पुष्टि भएको छ । यो संगै जिल्लामा संक्रमितको संख्या १ सय ४५ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १७ रहेको छ ।