देशभर थप ४३९२ जनामा कोरोना संक्रमण, ७ सय बढीको मृत्यु

  • ३० आश्विन २०७७, शुक्रबार
  • 137 पटक पढिएको

काठमाडौं ३० असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३९२ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा देशभरका प्रयोगशालामा १६ हजार ५३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको जानकारी दिईएको हो । थपिएका संक्रमितमध्ये २ हजार ४०२ जना काठमाडौं उपत्यकाका छन् ।

यससँगै कुल संक्रमितको संख्या एक लाख २६ हजार १३७ पुगेको छ । उनीहरुमध्ये ७१५ जनाको मृत्यु भएको छ भने ८८ हजार ४० संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र ३ हजार ५२२ संक्रमणमुक्त भएका हुन् । देशभर ३७ हजार ३८२ संक्रिय संक्रमित छन् ।