ताकमबाट पाेखरा पुगेका ८६ बर्षका पुरूषमा काेराेना पुष्टि

  • २९ आश्विन २०७७, बिहीबार
  • 995 पटक पढिएको

असोज २९ गते ।  म्याग्दीको धौलागिरि गाउँपालिका ७ ताकमका एक ८६ वर्षीय वृद्धमा कोरोना पुष्टि भएको छ । केही समय अघि काठमाण्डौंबाट आएका उक्त पुरुष असोज २६ गते पोखरा पुगेका थिए ।

२८ गते गरिएको पिसिआर परिक्षणमा कोराना पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्साल बताउनुभयो । उक्त संक्रमित पुरुष लाई गण्डकी अस्पतालको आइसोलेशन कक्षमा राखिएको छ ।