म्याग्दीका स्थानीय तहमा सेवा प्रवाहका लागि पूर्वाधारको अभाब

  • १२ जेष्ठ २०७४, शुक्रबार
  • 4103 पटक पढिएको

म्याग्दी, १२ जेठ । रघुगंगा गाउँपालिका–६ पाखापानीको वडा अध्यक्षमा मनकुमार शेरपुञ्जा निर्वाचित भएर आएपनि जनतालाई सेवा दिने कार्यालयको भने अझै टुंगो लागेको छैन् । यस अघि जिल्ला सदरमुकाममा भाडामा लिईएको कोठाबाटै गाविस सचिबहरुले सर्वसाधारणलाई गाविसको सेवा उपलब्ध गराउँदै आएपनि स्थानीय तह निर्वाचन पछि जनप्रतिनिधि चुनिएपछि सदरमुकाममा रहेका साविकका गाविसका अस्थायी कार्यालयहरु धमाधम सम्बन्धित वडाहरुमा फर्कन थालेका छन् । यस अघि गाविस सचिबहरुले बेनीबाट साविकको गाविसको सेवा प्रवाह दिँदै आएपनि अबदेखि भने गाउँबाटै जनतालाई सेवा दिने गरि आबश्यक प्रयास थालिएको नवनिर्वाचित वडाअध्यक्ष शेरपुञ्जाले बताए । ‘‘ वडाको सेवा प्रवाहको लागि साविकको गाविसको आफ्नै भवन नभएकाले गाउँमा एउटा घर भाडामा लिने तयारी गरेका छौँ, फर्निचर लगायतका पूर्वाधार जुटाएर जनतालाई तत्काललाई सेवा दिने सोच बनाएको छु,’’– वडाअध्यक्ष शेरपुञ्जाले भने । रघुगंगा गाउँपालिका–६ वडामा मात्रै होईन पाखापानीमै अस्थायी केन्द्र रहेकोे यो गाउँपालिका कार्यालय समेत घर भाडामै लिएर सञ्चालन गरिएको छ । यस गाउँपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुले पाखापानी स्थित भाडाको घरमा रहेको कार्यालयमा पदभार ग्रहण गरेका छन् । गाउँपालीका अध्यक्ष भबहादुर भण्डारी, उपाध्यक्ष कमला तिलीजा, कार्यकारी अधिकृत राजु नेपालको कार्यकक्ष र कार्यालय सञ्चालनका लागि गाउँपालीकाले पक्कि घरको ७ कोठा भाडामा लिएको छ । नौ जना कर्मचारीको दरबन्दि रहेको गाउँपालीका कार्यालयमा हाल कार्यकारी अधिकृत नेपाल र लेखापाल त्रिवीक्रम शर्मा मात्र कार्यरत छन् । “गाउँपालीका केन्द्र रहेको साविक गाविसको आफ्नै भवन नभएकाले मासिक १९ हजार तिर्ने गरि घर भाडामा लिएका छौ” लेखापाल शर्माले भने “आफ्नै पुर्वाधार र दरबन्दि अनुसारका जनशक्ति अभावमा कार्यालय सञ्चालनमा अप्ठ्यारो परेको छ ।” रघुगंगा गाउँपालिकाका अन्य वडाहरुमा समेत पूर्वाधार अभाब रहेको छ । म्याग्दीको एक नगरपालिका र पाँच गाउँपालिकाको करिब १५ भन्दा बढी वडाहरुको अझैपनि आफ्नै पूर्वाधार नभएको कारण सेवा प्रवाह थप अन्यौलय बनेको हो  ।

धौलागिरी गाउँपालिका–१ गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले यस अघि साविकको गाविस कार्यालय सदरमुकाम बाटै सञ्चालन हुने गरेको र गाउँमा गाविसको आफ्नै पूर्वाधार नभएकाले अब गुर्जामा भाडामा कोठा लिएर वडा कार्यालय सञ्चालन गर्ने तयारी गरेको बताए । अन्नपूर्ण गाउँपालीकाको पोखरेबगर स्थित कार्यालय आमा समूहको एक तले भवनबाट सञ्चालन हुदै आएको छ । सभाहल प्रयोजनका लागि निर्माण भएको भवनको एउटै कोठामा गाउँपालीका अध्यक्ष डमबहादुर पुन, उपाध्यक्ष केशमाया मगर, कार्यकारी अधिकृत अच्युत दाहाल र अन्य कर्मचारीको कार्यकक्ष छ । कार्यकारी अधिकृत दाहाल र लेखापाल ईन्द्र केसीले गाउँपालीका कार्यालय धानेका छन् । साविक दरवाङ गाविसको भवनबाट सञ्चालीत मालीका गाउँपालीकाको अध्यक्ष श्रीप्रसाद रोका, उपाध्यक्ष खरमाया बिटालु, वडा अध्यक्ष सन्तनाथ जैसी, कार्यकारी अधिकृत छवीलाल सुवेदीका लागि पुरानै भवनको कोठालाई आल्मुनियमले बारेर छुट्टाछुट्टै कार्यकक्ष बनाइएको छ ।

रघुगंगा, अन्नपूर्ण र मालीका गाउँपालीकाको जस्तै भवन र जनशक्ती अभावको समस्या बेनी नगरपालीका, मंगला र धौलागिरी गाउँपालीकामा समेत छ । साविक अर्थुङ्गे गाविस भवनबाट कार्यालय सञ्चालन गर्दै आएको बेनी नगरपालीकाले कार्यकारी अधिकृत बस्दै आएको कार्यकक्ष नगर प्रमुख हरिकुमार श्रेष्ठ र उपप्रमुख सञ्जु बरुवाललाई उपलब्ध गराएको छ । कार्यकारी अधिकृत विश्वामित्र कुईकेलले सरकारले उपलब्ध गराएको ५२ लाख रुपैयाबाट फर्नीचर खरिद, कार्यालय ब्यवस्थापन गरीएको जानकारी दिदै नगरपालीकाबाटै सञ्चालन हुदै आएको वडा न. ८ र ६ को कार्यालय सम्बन्धित वडामै स्थापना गर्ने तयारी भएको बताए । उनका अनुसार दरबन्दि अनुसारका जनशक्ति पदपुर्तीका लागि लोक सेवा आयोगमा माग भएको छ । पूवार्धार र जनशक्तिको व्यवस्था गरेर जतिजस्दो छिटो गाउँबाटै सहज र सरल रुपमा सेवा, सुबिधा प्रवाह गर्ने व्यवस्था मिलाउन प्राथमिकता दिएको मंगला गाउँपालीकाको अध्यक्ष सतप्रसाद रोका बताउँछन् । मालीका गाउँपालीकाको कार्यकारी अधिकृत छवीलाल सुवेदीले नयाँ बजेट अघिनै दरबन्दि अनुसारका प्राबिधिक, प्रशासनीक र लेखा सम्बन्धि जनशक्ति स्थानीय तहमा व्यवस्था गर्नुपर्ने बताउँछन् । गाउँपालीकामा उपसचिव स्तरका कार्यकारी अधिकृतको मातहतमा एकरएक जना सिभिल ईञ्जिनियर, जना कम्प्युटर ईञ्जिनियर, नायव सुब्बा, लेखापाल र २र२ जना सब ईन्जिनियर र कार्यालय सहयोगी गरी ९ जनाको दरबन्दि छ । ईञ्जिनियर सब ईञ्जिनियर र कम्प्युटर ईञ्जिनियरले सम्बन्धित वडाको समेत प्राबिधिक काम गर्नुपर्ने छ ।

गाउँपालीकाको वडामा समावेश भएका गाविस सचिवले वडा सचिवको रुपमा काम गरेका छन । वडामा १र१ जना प्रशासन तथा लेखा सहायक र १ जना कार्यालय सहयोगीको समेत दरबन्दि रहेको छ । त्यसैले निर्वाचन मार्फत जनप्रतिनिधि चुनिएपनि भौतिक पूर्वाधार र जनशक्ति अभाबले अझै पनि सेवा प्रवाह प्रभावित हुने देखिएको छ । यसप्रति सम्बन्धित निकाएको ध्यानकर्षण हुन जरुरी छ ।