विद्यालयको पुस्तकालय समुदायको जिम्मेकारीमा

  • ११ जेष्ठ २०७४, बिहीबार
  • 1463 पटक पढिएको

म्याग्दी, ११ जेठ । पुस्तकालयले विद्यार्थीमा पढ्ने बानीको विकास गराएको बिहिबार बेनी नगरपालिका–२ ज्यामरुककोटस्थित फाँपरखेतको खड्ग भवानी आधारभुत विद्यालयमा आयोजित कार्यक्रमका बक्ताले बताएका छन् । कार्यक्रमको उद्घाटन गदैं बेनपा–२ का वडा अध्यक्ष हिरा बहादुर थापाले पुस्तकालयको प्रयोगले निरक्षर उन्मुलनमा सहयोग पुगेको बताउनुभयो । त्यस्तै जिल्ला शिक्षा कार्यालयका श्रोतब्यक्ति दुर्गाराम सुबेदीले आात्मनिर्भर स्वतन्त्र पाठक बनाउन मदत पुगेको बताउनुभयो ।
रुम टु रिड नेपालका कार्यक्रम अधिकृत मनोज सुबेदी, नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशनका विद्यालय पुस्तकालय कार्यक्रम संयोजक हरिकृष्ण गौतमले पुस्तकालय कार्यक्रम मार्फत गरिएका गतिविधि र भविस्यमा हुने सहयोगका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा अर्जुन मावि भकुण्डेका प्रअ शिव कुमार खत्री, विद्यालयका पुर्व अध्यक्ष याम बहादुर कार्कीले मन्तब्य राख्नुभएको थियो ।
सोही अवसरमा विद्यालयकी पुस्तकालय शिक्षक गिता शर्माले हालसम्म पुस्तकालयको उपलब्धीलाई प्रगति प्रतिवेदन,पुस्तक जारी र आगामी तीनबर्षको कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।

विद्यालयकी शिक्षक सरस्वती विकको स्वागत, अध्यक्ष टिकराम परियारको अध्यक्षता र प्रअ कृष्ण बहादुर चर्मकारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । त्यस्तै रुम टु रिड नेपालको आर्थिक तथा प्राविधिक सहयोग, नेपाल गाजा डेभलपमेन्ट फाउण्डेशनको ब्यवस्थापनमा बेनपा–१ अर्जमको ज्ञानपुञ्ज आधारभुत विद्यालयको पुस्तकालय समेत समुदायमा हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा श्रोतब्यक्ति दुर्गाराम सुबेदी, रुम टु रिड नेपालका कार्यक्रम अधिकृत मनोज सुबेदी, विद्यालय पुस्तकालय कार्यक्रम संयोजक हरिकुष्ण गौतम, विद्यालयका प्रअ तिलाराम थपाा, विद्यालयका संस्थापक अध्यक्ष तुलप्रसाद श्रेष्ठले मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रममा पुस्तकालयले विद्यार्थीमा पठनसीपको विकास, रचनात्मक क्रियाकलापमा सक्रियता र शैक्षिक गुणस्तर बढाएको बक्ताको भनाई थियो । पुस्तकालयमा घण्टी तालिका अनुसार नियमित प्रवेश, पाँचऔले विधि अनुसार विद्यार्थीको पठनस्तरको पहिचान, पढाई क्रियाकलाप सञ्चालन, पठन प्रतिस्पर्धात्मक कार्यक्रम, विभिन्न ६ प्रकारका रजिष्टरको प्रयोग, उत्कृष्ट पाठक सम्मान, नियमित पुस्तकालयको प्रयोगमा प्रोत्साहन लगाएतका गतिविधि सञ्चालन गर्ने गरिएको छ । म्याग्दीको नमुना पुस्तकालयमा समेत पर्ने ज्ञानपुञ्जमा स्थापना देखी हालसम्म ९ हजार ९९९ पुस्तक जारी गरिएको छ ।
कार्यक्रमको सञ्चालन पुस्तकालय शिक्षक विष्णुकुमारी श्रेष्ठ प्रधान, स्वागत शिक्षक गंगा कुमारी प्रधान, अध्यक्षता गणेश थापाले गर्नुभएको थियो । चारबर्षे सम्झौता अनुसार पुस्तकालयमा ४ हजार पुस्तक, फर्निचर, नियमित अनुगमनका साथै विभिन्न साम्रागी गरि करिव ६ लाख बराबरको सहयोग उपलब्ध गराइएको छ । समुदायमा हस्तान्तरण लगत्तै पुस्तकालय ब्यवस्थापन समितिमा आवद्ध अभिभावकले विद्यालयसंग समन्वय गरी आगामी दिनमा पुस्तकालय सञ्चालन गरिने छ । म्याग्दीका ९९ वटा विद्यालयमा पुस्तकालय स्थापना भएको छ ।