कोरोना संक्रमणबाट ७५ जनाकाे मृत्यु

  • २५ श्रावण २०७७, आईतवार
  • 137 पटक पढिएको

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट मृतकको कुल संख्या ७५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा मृत्यु हुनेमा कास्की र पर्सामा २ जना रहेका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कास्कीको पोखरा महानगरपालिका १९ का ६२ वर्षीय वृद्धको सान २४ गते मृत्यु भएको बताए । उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचरका क्रमममा मृत्यु भएको हो । यस्तै पर्साको वीरगञ्ज महानगरपालिका २ बस्ने २० वर्षीय महिलाको २४ गते निधन भएको उनले बताए । उपचारका लागि नारायणी अस्थायी कोभिड अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको हो ।

आइतबार थप ३ सय ८० जना कोरोना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको छ । काठमाडौं उपत्यकामा मात्रै ९२ जनामा कोरोना पुष्टि भएको छ । काठमाडौं जिल्लामा ९० र ललितपुरमा २ जनामा संक्रमण देखिएको हो ।