मोना साइप्रसद्धारा बाढीपहिरो पीडितलाई ६५ हजार सहयोग

  • २४ श्रावण २०७७, शनिबार
  • 1531 पटक पढिएको

म्याग्दी, २४ साउन । म्याग्दी प्रवासी प्रवासी संघ ( मोना) साईप्रसद्धारा म्याग्दीका बाढीपहिरो पीडितलाई ६५ हजार ४१० रुपैयाँ आर्थिक सहयोग गरेका छन् । मोना साईप्रसका संयोजनामा आर्थिक संकलन गरि पीडितलाई सहयोग गरेका हुन् ।


साइप्रसमा रहेका म्याग्देलीसंगै नेपालीहरुको सहयोगमा संकलन भएको रकम धौलागिरि गाउँपालिका–६ मराङ र मालिका गाउँपालिका–७ विमका बाढी पीडितलाई सहयोगका लागि मोना आपतकालिन कोषमा जम्मा गरिएको मोना साइप्रसका अध्यक्ष लोकराज रोका मगरले जानकारी दिए । मराङ, विमका लगायत जिल्लाका बाढी पीडितको लागि सहयोग पुग्ने उद्देश्यले मोना आपतकालिन कोषमा सो रकम जम्मा गरिएको अध्यक्ष मगरले जानकारी दिए ।साइप्रसमा म्याग्दी प्रवासी नेपाली संघ प्रश्चात जिल्लाका बाढीपीडितलाई सहयोगका लागि परेका छौ, उनले भने । मोना साइप्रसलाई बलियो बनाउन सदस्य वितरण, क्षत्रिय समिति गठन तिव्रता दिइएको बताए । साथै जिल्लामा हुने आपतकालिन सहयोगका लागि मोना साइप्रस आपतकालिन कोषमा १ हजार युरोको अक्षयकोष स्थापना गर्ने अभियान चलाएको अध्यक्ष मगरले जानकारी दिए ।

पहिलो चरणमा संकलन गरिएको राहत कोषमा जम्मा गरिएको छ, मराङ र विममा पुननिर्माण र आपतकालिन अक्षकोष स्थापनाका लागि सहयोगका लागि साइप्रसमा रहेको नेपाली दाजुभाईलाई मगरले आग्रह गर्दै सहयोग गर्नेहरुलाई धन्यवाद दिएका छन् । यहाँ रहेका म्याग्देलीलाई मोनामा आवद्ध बनाएर संस्थालाई बलियो बनाउदै जिल्लामा हुने आपतविपतमा सहयोग गर्ने योजना मोनाको छ ।