थप २७८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या २ हजार ९१२ पुग्यो

  • २३ जेष्ठ २०७७, शुक्रबार
  • 885 पटक पढिएको

काठमाण्डौ २३ जेठ । नेपालमा पछिल्लो २४ घन्टामा २ सय ७८ जनामा कोरोना संक्रमण फेला परेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ । जसमध्ये २ हजार ७ सय १७ जना पुरुष र १ सय ९५ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४३ जना कोरोना संक्रमणमुक्त भई घर फर्किएका छन् । यससँगै अहिले सम्म संक्रमण भई निको हुनेको संख्या ३ सय ३३ पुगेका छन् ।


कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । सुर्खेत पञ्चपुरीका एक पुरुषको कोरोना भाइरस संक्रमणका कारण जेठ २२ गते नै मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जेठ ८ गते भारतबाट आइ १४ दिनसम्म स्थानीय क्वारेन्टिनमा बसी घर फर्किएका पुरुषको मृत्यु भएको बताए ।

उनले क्वारेन्टिनमा आरडिटी परीक्षण गरी पोजेटिभ देखिएपछि घर पठाइएको तर घर पुगेकै दिन मृत्यु भएकोले पीसीआर प्रविधिबाट परीक्षण गर्दा कोरोना पोजेटीभ पाइएको बताए । यससँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ ।