सोभित बस्यालकाे खुसी फर्काइदेउन (भिडियाे सहित)

  • १९ बैशाख २०७७, शुक्रबार
  • 1989 पटक पढिएको

पोखरा  १९ वैशाख । पन्ध्र वर्षको उमेरमा ‘व्यर्थै छ यो जिन्दगी’ गीत रेकर्ड गरी साँगीतिक क्षेत्रमा उदाएका गायक हुन् सोभित बस्याल । उनले २०६१ सालमा ‘जती टाढा भएपनि’ गीत रेर्कड गरे । पहिलो गीतबाटनै उनको चर्चा भयो । फलस्वरुप त्यतिबेला पोखरा आसपासमा हुने कार्यक्रममा उनको सक्रियता बढ्न थाल्यो । श्रोता दर्शकको माया र साथले उनी हौसीए पनि । २०६३ मा ‘छुटिने बेला’ बोलको गीत रेकर्ड गरे । यसले पनि उनलाई धेरै माझ चिनायो ।

अब उनमा एलबम निकाल्ने हुटहुटी मनमा आायो । अनि जन्मियो ‘न्युरोड’ एलबम । आजभन्दा झण्डै ९ वर्ष अगाडि आएको पहिलो एलबम न्युरोडले उनको साँगीतिक भविष्य सुमधुर बन्ने संकेत गरेको थियो ।

पप प्याटर्नका दश गीत समावेश गरीएको यस एलबममा मनकामना, तिमी विना, कुन दुरी, जानीनौ, आउछेउकी, तिम्रोमाया, मायालु, जति टाढा, छुटीने बेला तथा पोखराको बारेमा वर्णन गर्दै मेरो पोखरा बोलको गीत समावेश थियो ।