धौलागिरी गाउँपालीकाको अध्यक्षमा एमालेकी पुन निर्वाचित

  • ३ जेष्ठ २०७४, बुधबार
  • 4763 पटक पढिएको

म्याग्दी, ३ जेठ । म्याग्दीको धौलागिरी गाउँपालीकाको अध्यक्षमा नेकपा एमालेकी थमसरा पुन बिजयी हुनुभएको छ । पुनले दुई हजार ४६० मत प्राप्त गरी गाउँपालीकाको अध्यक्षमा निर्वाचित हुनुभएको हो । पुनका प्रतिस्पर्धी माओवादी केन्द्रका रिमप्रकाश थापाले दुई हजार १६८ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा एमालेका रेशम छन्त्यालले दुई हजार ४८८ मत प्राप्त गरी बिजयी हुनुभएको छ । छन्त्यालका प्रतिस्पर्धी नेपाली काँग्रेसका डम्मर भण्डारीले दुई हजार २९ मत प्राप्त गर्नुभयो ।

नौ हजार ३३४ मतदाता रहेको धौलागिरी गाउँपालीकामा पाँच हजार ७४९ जनाले मतदान गरेका थिए । एमालेका उमेद्वारहरु गमबहादुर बिक वडा न. २ लुलाङ, पुर्म पुन वडा न. ३, बेगप्रसाद घर्ती वडा न. ४ मुदी, राजाराम सुवेदी वडा न. ६ मराङ र कलानिधी सुवेदी वडा न. ७ ताकमको अध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

धौलागिरी १ नम्बर वडा गुर्जामा नेकपा माओवादी केन्द्रका झकबहादुर छन्त्याल र ५ मल्कवाङमा काँग्रेसकी खर्ककुमारी छन्त्याल वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ ।