कुईनमँगलेमा काँग्रेसको चुनाबी आमसभा

  • २६ बैशाख २०७४, मंगलवार
  • 2045 पटक पढिएको

म्याग्दी, २६ वैशाख । रघुगंगा गाउँपालिका–८ कुइनेमँगलेस्थित दुलेखर्कमा मंगलबार नेपाली काँग्रेसको चुनाबी आमसभा सम्पन्न भएको छ । नेपाली काँग्रेस कुईनेमंगले गाउँ इकाई सभापति भीमबहादुर छन्त्यालको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै रघुगंगा गाउँपालिकाका प्रमुखका उम्मेदवार भबबहादुर भण्डारीले कुइनेमँगलेको विकासका लागि आफुले सहयोग सक्दो पहल गर्ने प्रतिबद्धता जनाए ।

गाउँपालिका प्रमुखमा विजयी भए सरकारी सुविधान नलिने घोषणा गर्दै उनले चिमखोला–खरिबोट सडकको स्तरोन्नति, रिखार जोड्ने पदमार्ग, वडामा रहेका विद्यालयको विकासका लागि सहयोग गर्ने जानकारी दिए ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस म्याग्दीका सदस्य एवँ जिल्ला समन्वय समिति अन्र्तगत रहेको आदीबासी जनजाति समन्वय समितिका उपाध्यक्ष ओम छन्त्यालले काँग्रेसको नेतृत्वमा संविधान निर्माण भएको भन्दै संविधानले परिकल्पना गरेको समृद्धिको सपना काँग्रेसको नेतृत्वमै संभव हुने बताए ।
काँग्रेसले कुईनेमँगलेको विकासका लागि महत्वपूर्ण योगदान दिएको चर्चा गर्दै उलने आगामी निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई विजयी गराउन सबैमा आब्हान समेत गरे । कार्यक्रममा रघुगंगा गाउँपालिकाका उपप्रमुखका उम्मेदवार कमला तिलिजा, वडा नं ८का वडा अध्यक्षका उम्मेदवार गमान छन्त्याल, नेपाल शिक्षक संघ म्याग्दीका जिल्ला सदस्य चन्द्रमान छन्त्याल, शिक्षक संघका खिमबहादुर छन्त्याल  लगायत आमसभालाई सम्बोधन गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन स्थानीय यामबहादुर विश्वकर्माले गरेका थिए । यसैबीच काँग्रेसले वडा नंम्बरका ८का वडाअध्यक्ष उम्मेदवार गमान छन्त्यालको नेतृत्वमा कुईनेखानी, चौरखानी, मँगलेखानी लगायतका स्थानमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।