सिर्पालीको “पहिलो नजरमा प्रेम “

  • १४ भाद्र २०७६, शनिबार
  • 2669 पटक पढिएको

त्यही दिन देखि हो जब तिमिलाई त्यो रमझममा

अरु भन्दा भिन्न देखे त्यही दिन देखिनै हो मैले

हजारौ भिडमा तिम्रै तस्बिर देख्न थालेको पनि

लगभग दशक नै भएछ

आस न हो जब तिम्रो तस्बिर मेरो क्यान्भासमा

रंगहरु सङ्ग लत्पतिदै कोर्ने मेरो मन

हो त्यति बेला नै सुर्यमा ग्रहण लागेर अन्धकार

छाउन थालेको पनि लगभग त्यत्ति नै भएछ

धिप धिप टुकि बालेर तिम्रो तस्बिर तिरै हेरेर

एकोहोरो बर्बराउदै थिए तिमी कतै बोल्छौ कि

भन्ने हो आस न रहेछ

त्यही एउटा आस बोकेर

मेरो सास चलेको

दशक हुन लागि सकेछ

र, त्यही आसले सास जान लागेको

पनि लगभग त्यत्ति नै भएछ

मलाई थाहा थिएन एकोहोरो रोटी पाक्छ भन्ने यदि

पाक्ने भए

भोजै गर्न पुग्थ्यो होला

तर

त्यही नपाकेको रोटी हेरेर

प्रत्येकचोटि म टोलाएको पनि

लगभग त्यत्ति नै भएछ

यत्रो वर्ष सम्म त फलाम पनि गल्थ्यो होला ! तर

तिम्रो माया

यो आसले थाक्ने नामसम्म लिँदैन

त्यही नथाकेको मेरो आसले

मलाई सताएको पनि लगभग त्यत्ति नै भएछ

कस्तो बिचित्रको छ मेरो आस

यहाँ मान्छे पाल्न सजिलो

होला

तर आस पाल्न असाध्यै गाह्रो

यो आसलाई गन्तव्यमा पुर्याउन

संघर्ष गर्न थालेको पनि

लगभग त्यत्ति नै भएछ

अमृत श्रीपाली  ‘चित्रकार’

काठमाण्डाै