डाडागाउँमा नेकपाको पूर्ण बैठक

  • १८ जेष्ठ २०७६, शनिबार
  • 2662 पटक पढिएको

बेनी १८ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मालिका गाउँपालिका ३ डाँडागाउँमा शनिबार वडा कमिटिको पूर्ण बैठक सम्पन्न भएको छ । बैठकको अवसरमा नेकपाका जिल्ला कमिटि सदस्य रेशम जुग्जालीले वडा कमिटिका पदाधीकारी र सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको थियो । कार्यक्रममा जुग्जालीले कम्युनिष्ट सरकारले बाटो क्लियर गरिसकेको र देश विकासका लागि नेपालमा कम्युनिष्टको विकल्प नभएको बताउनुभयो ।

वडा कमिटि अध्यक्ष सरस्वती पुनको अध्यक्षता, सचिव मनबहादुर बुढाको सञ्चालनमा सम्पन्न कार्यक्रममा गाउँपालिका कमिटिका सचिव गोविन सिउथानी, वडा अध्यक्ष हेमबहादुर पुन र सन्तोष सुवेदीले मन्तब्य व्यक्त गर्नुभएको थियो ।