राप्रापको स्थानीय तहमा कमिटि गठन
- ८ बैशाख २०७६, आईतवार
- 1158 पटक पढिएको
बेनी ८ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) म्याग्दीले स्थानीय तहमा संगठन विस्तार सुरु गरेको छ ।
आइतबार बेनीमा केन्द्रिय उपाध्यक्ष भिमप्रसाद गौचनको प्रमुख आतिथ्यता र जिल्ला अध्यक्ष बिरबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले तीन वटा स्थानीय तहमा संगठन विस्तारका लागि नेतृत्व चयन गरेको छ ।
बेनी नगरपालिकामा डम्मर सुवेदी संयोजक, लिलाधर अधिकारी सहसंयोजक र श्यामप्रसाद श्रेष्ठलाई सचिवमा चयन गरिएको छ । यसैगरी मंगला गाउँपालिकाको संयोजकमा ताराबहादुर खत्री, सहसंयोजकमा योगेन्द्र शेरचन र सचिवमा बिनोद भट्टचनलाई चयन गरिएको छ ।
त्यस्तै रघुगंगा गाउँपालिकाको संयोजकमा जगतनारायण गौचन, सहसंयोजकमा भिमबहादुर केसी र सचिवमा मिमबहादुर थजाली चयन हुनुभएको छ । आगामी जेठ महिनाभित्र वडा स्तरमा कार्यसमिति विस्तार गर्ने लक्ष्य सहित स्थानीय तहको जिम्मेवारी तोकिएको अध्यक्ष थापाले बताउनुभयो ।