मृगौला पीडित मेखबहादुर सुनारको उपचारका लागि शान्तिकोषबाट २० हजार सहयोग
- १८ आश्विन २०७५, बिहीबार
- 2100 पटक पढिएको
म्याग्दी, १८ असोज । बेनी नगरपालिका–३ छेपारेका १९ बर्षिय मृगौला पीडित मेखबहादर सुनारको उपचारका लागि ओमकुमारी शान्ति कोषले २० हजार सहयोग गरेको छ । ओमकुमारी शान्ति कोषले अयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा कोषका अध्यक्ष राजेश शाक्यद्धारा पीडितको आमा मनिमाया सुनारलाई सो सहयोग हस्तान्तरण गरेका हुन् ।
मृगौला पीडित सुनारको उपचारमा लाग्ने खर्च परिवारको आर्थिक अवस्थाले नभ्याउने भएपछि सहयोगको लागि देश विदेशमा सहयोगको पीडितको आमा मनिमाया सुनारले आग्रह गरेकी छन् । सोही क्रममा मोना बराईनका महासचिव भक्त सिन्किजा मगरले २ हजार सहयोग गरेका थिए ।
सोही कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाले नेपाल पत्रकार महासंघ बागलुङ शाखाका कोषाध्यक्ष विजय रानाको उपचारका लागि ६ हजार सहयोग गरेको छ । म्याग्दी शाखाका संस्थापक अध्यक्ष घनश्याम खड्का र उपाध्यक्ष ठाकुरप्रसाद आचार्यले बागलुङ शाखाका अध्यक्ष दिल श्रीष मगरलाई सो सहयोग हस्तान्तरण गरिएको हो । सोही अवसरमा ओमकुमारी शान्ति कोषका सचिव लोकेश पुन मगरबाट विजय रानाको उपचारका लागि ५ हजार सहयोग हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा मोना जापानका उपाध्यक्ष सचिन श्रेष्ठ र मोना बराईनका भक्त सिन्किजा मगरलाई कोषबाट स्वागत तथा सम्मान गरिएको थियो । ७ सय जना आजिवन सदस्य रहेको कोषबाट ९४ जनाको उपचार गरिएको छ। कोषका अध्यक्ष शाक्यको अध्यक्षता, उपाध्यक्ष हरिकृष्ण गौतमको स्वागत मन्तव्य र सचिव लोकेश पुनमगरको संचालनमा सम्पन्न कार्यक्रममा कोषका संस्थापक अध्यक्ष चन्द्रकुमार केसीले शुभकामना मन्तव्य राखेका थिए । भने सल्लाकार सन्तोष रावल, राजकुमार थापा, कोष सदस्य र पत्रकारको उपस्थित रहेको थियो।