घायलश्रीलाई सिर्जनशील र मधुश्रीलाई ओम कार्की स्मृति पुरस्कार

  • २ आश्विन २०७५, मंगलवार
  • 2195 पटक पढिएको


म्याग्दी, २ असोज । घायलश्रीलाई सिर्जनशील र मधुश्रीलाई ओम कार्की स्मृति पुरस्कार सम्मानित गरिने भएको छ । ओम कार्की स्मृति पुरस्कार प्रतिष्ठानले स्थापनको पहिलो वर्ष ओम कार्की स्मृति पुरस्कार कथाकार मन्दिरा मधुश्री र ओम कार्की स्मृति सिर्जनशील पुरस्कार पछिल्लो समय मोफसलमा रहेर साहित्यका हरेक गतिविधिमा अग्रसर हुँदै आएका युवा साहित्यकार लोकनाथ भुषाल घायलश्रीलाई दिने भएको हो ।

हाम्रालाई होईन राम्रालाई खोजौँ भन्ने उद्धेश्यले स्थापित प्रतिष्ठानले पहिलो पटक साहित्यकारद्धय मन्दिरा मधुश्री घायलश्रीलाई उक्त पुरस्कार दिन लागेको सस्थापक अम्बिका कार्कीले जानकारी दिईन । पुरस्कार यही असोज २४ गते हाम्रो मझेरी साहित्य प्रतिष्ठान चितवनले एक कार्यक्रमको बिच वितरण गरिने छ । दुवै पुरस्कारको राशी रु पाँच हजार, दोसल्ला र सम्मानपत्र रहेको छ।
गजलकार अम्बिका कार्कीले आफ्नो श्रीमान ॐ बहादुर कार्कीको स्मृतिमा यसै बर्ष स्थापना गर्नुभएको हो । उहाँको श्रीमानको २०५६ बौशाख १९ तत्कालिन जनयुद्धको दोहोरो भिड्न्तमा राज्यको तर्फबाट साहदत प्राप्त गरेका थिए ।