म्याग्दी क्याम्पसमा तिज नृत्य प्रतियोगिता

  • १५ भाद्र २०७५, शुक्रबार
  • 2075 पटक पढिएको

म्याग्दी, १५ भदौ । म्याग्दी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा शुक्रबार तिज नृत्य प्रतियोगिता सम्पन्न भएको छ । १४ समूह सहभागि प्रतियोगितामा न्यु वेष्ट पोईन्ट आवासीय मावि प्रथम, म्याग्दी बहुमुखी क्याम्पस दितृय, वुद्ध एकेडेमी तितृय र न्यु होराईजन एकेडेमी पर्वत बेनी सान्तवना भएका थिए । प्रथम, दितृय, तृतिय र सान्तवनालाई क्रमश दशहजार, छ हजार, तिन हजार र एक हजार पाँच सय रुपैया नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा ब्यवस्थापन संकायको यस वर्षको परिक्षा नतिजामा गण्डकी प्रदेशमा सबै भन्दा बढी चार वटै बर्षको समग्रमा ६६ प्रतिशत अंक हासील गरेको दावी गरिएकी सजिना सुवेदी लगायतका विद्यार्थीहरुलाई पुरस्कृत तथा सम्मान गरिएको थियो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुवेदीले म्याग्दी बहुमुखी क्याम्पसलाई शैक्षिक र अतिरित्त क्रियाकलापका हिसाबले देशकै नमुना बनाउने अभियानमा लागिएको बताउनुभयो ।

कार्यबाहक स्ववीयु सभापति ईश्वर सुवेदीको अध्यक्षता, सदस्य रश्मि रोका मगरको सञ्चालन र सदस्य भरत मल्लको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख टिकाराम सापकोटा, प्रध्यापक संघका भोलानाथ घिमीरे, नेकपा सम्बद्ध विद्यार्थी नेता प्रकाश पौडेल र सुवास विश्वकर्माले मन्तब्य व्यक्त गर्नुभएको थियो ।