बुद्ध एकेडेमीमा विद्यालय—अभिभावक सम्पर्क समिति गठन

  • १५ भाद्र २०७५, शुक्रबार
  • 2520 पटक पढिएको

म्याग्दी, १५ भदौ । बेनी नगरपालिका वडा नं २ बगरफाँटमा अवस्थित बुद्ध एकेडेमीमा शुक्रवार गेमवहादुर घर्तीको अध्यक्षतामा विद्यालय—अभिभावक सम्पर्क समिति गठन भएको छ ।
समितिको उपाध्यक्षमा सावित्री शाह,सदस्य सचिवमा नि.प्रधानाध्यापक धु्रबसागर शर्मा र सदस्यहरुमा बमबहादुर पुन,हेमवहादुर पुन,इन्दिरा कार्की,सुशिला सापकोटा,वसन्ती पाइजा रहनुभएको छ ।

समितिका अन्य सदस्यहरुमा भूमिसरा घर्ती,यामकुमारी गर्वुजा,सुमन केसी,खिमा तिलिजा र तुलसी सापकोटा रहनुभएको छ । त्यसैगरी सल्लाहाकार समितिमा राजकुमार ठाकुर,नेत्रिका शर्मा,इन्दु घिमिरे,मोनिका रोका,दिलवहादुर सापकोटा र सुमन बानियाँ रहनुभएको विद्यालयले जनाएको छ ।