जनप्रतिनिधि र कर्मचारीहरुबीच मैत्रीपूर्ण फुटबल

  • १५ भाद्र २०७५, शुक्रबार
  • 1889 पटक पढिएको

बेनी १५ भदौ । राष्ट्रिय खेलकुद विकास परिषद्को ५५ औ स्थापना दिवसको अवसरमा शुक्रबार बेनीमा मैत्रीपूर्ण फुटबल खेल भएको छ । जिल्ला खेलकुद विकास समितिले बेनी नगरपालिकाका जनप्रतिनिधि र कार्यालय प्रमुख तथा कर्मचारीहरुबीच मैत्रीपूर्ण फुटबल भएको हो । कर्मचारीहरुको टोलीले जनप्रतिनिधिहरुको टोलीलाई २ का विरुद्ध ५ गोल गरेको थियो ।

कर्मचारीको टोली प्रजिअ लिलाधर अधिकारी र जनप्रतिनिधिको टोलमा ीकार्यपालिकाक ाप्रवत्ता समेत रहनुभएका ८ नम्बर वडाका अध्यक्ष रामकृष्ण बराईलीको नेतृत्वमा मैदानमा उत्रिएको थियो ।