सहकारीद्धारा दिवंगत सेयर सदस्यका परिवारलाई सहयोग

  • १५ भाद्र २०७५, शुक्रबार
  • 3501 पटक पढिएको

बेनी १५ भदौ । मंगला गाउँपालिका २ बाबियाचौर स्थित प्रभु बचत तथा ऋण सहकारी संस्थाले दिवंगत सेयर सदस्यका परिवारलाई आर्थिक सहयोग गरेको छ । संस्थाका कोषाध्यक्ष भुपेन्द्र खत्री क्षेत्रीको यही भदौ ५ गते भएको निधनप्रती दुख व्यक्त गर्दै सञ्चालक समितिको निर्णय अनुसार २५ हजार रुपैया नगद आर्थिक सहयोग गरेको हो ।

संस्थाका अध्यक्ष भिमप्रसाद आचार्य, सचिव श्रीराम पौडेल, प्रबन्धक राजकुमार पाण्डे र सञ्चालक समिति सदस्य मोतीलाल शर्मा लगायतको टोलीले घरमै पुगेर सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो । दिवंगत खत्रीका कान्छा छोरा अालाेकलाई रकम हस्तान्तरण गरिएको संस्थाले जनाएको छ ।