रघुगंगा माविका विद्यार्थीलाई ट्राफिकको प्रशिक्षण

  • १३ भाद्र २०७५, बुधबार
  • 2134 पटक पढिएको

बेनी १३ भदौ । म्याग्दकिो रघुगंगा गाउँपालिका ३ पिप्ले स्थित रघुगंगा माविका विद्यार्थीहरुलाई मंगलबार ट्राफिक नियम सम्बन्धि प्रशिक्षण दिइएको छ । विद्यालयको कक्षा ९ र १० मा अध्ययनरत ५६ जना विद्यार्थी र शिक्षकहरुलाई दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले प्रशिक्षण दिइएको हो ।


जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरिक्षक राजेन्द्र पौडेलले सवारी दुर्घटनाका कारण, ट्राफ्कि संकेत चिन्हहरु, सडक प्रयोग गर्दा तथा सवारी चलाउदा अपनाउनुपर्ने सुरक्षित तरिकाहरु र सवारी नियम सम्बन्धी अभिमुखीकरण गर्नुभएको थियो ।

सन्देशमुलक पर्चा, प्पलेट पनि वितरण गरिएको थियो । दुर्घटना न्युनीकरणका लागि जनचेतना अभिवृद्धी गर्ने उद्देश्यले ट्राफ्रिक प्रहरीले सन्देशमुलक कार्यक्रमलाई जोड दिएको छ ।