महिला उद्यमीसंग विद्यार्र्थीको अन्तरक्रिया

  • १२ भाद्र २०७५, मंगलवार
  • 2667 पटक पढिएको

बेनी १२ भदौ । बेनीका महिला उद्यमीहरुले कमाउनका लागि बिदेशिने सोच त्याग्न विद्यार्थीहरुलाई आग्रह गरेका छन् ।बेनीको न्यु वेष्ट पोईन्ट आवासीय माविको ब्यवस्थापन संकाय स्नाकोत्तर तहको चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुले उद्यम र उद्यमशिलता विषयक शिर्षकमा मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी उद्यमीहरुले स्वदेशमै स्वरोजगार बन्ने सोच बनाउन आग्रह गरेका हुन् ।

उद्यमीहरुले बिदेशमा गर्ने मेहनत र परिश्रम यही गर्न सकेमा आम्दानीको राम्रो सम्भावना भएको बताए । महिला उद्यम विकास समितिका सभापति सुनिता केसी, उद्यमीहरु साधना श्रेष्ठ, नानु श्रेष्ठ, डिलु घताने, बिष्णु गुरुङ, गंगा खत्री र जानकी विश्वकर्माले विद्यार्थीहरुले सोधेका प्रश्नको जवाफ दिएका थिए ।

विद्यार्थीहरुलाई उद्यमको सम्भावना, योजना, सफलताका सुत्रका बारेमा उत्प्रेरीत गरी ब्यवहारीक शिक्षाको अभ्यास गराउने उद्देश्यले अन्तरक्रिया कार्यक्रमको आयोजना गरीएको विद्यालयले जनाएको छ ।