दानाको काभ्रेमा आगो लागीबाट एक घर ध्वस्त
- १२ भाद्र २०७५, मंगलवार
- सन्तोष गौतम
- 2071 पटक पढिएको
बेनी १२ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाको काभ्रेमा आगो लागीबाट एक घर ध्वस्त भएको छ ।काभ्रेका डम्मरबहादुर बुढाथोकीको घरमा सोमबार साँझ भएको आगोलागीबाट घर जलेर पूर्ण रुपमा ध्वस्त भएको हो । खरले छाएको एक तले कच्चि घर र त्यहाँ रहेका सामानहरु जलेर क्षत्ती पुगेको छ ।
आगोलागी पिडितलाई गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले मंगलबार पालिकाको तर्फबाट राहत सामाग्री उपलब्ध गराएका थिए । नेपाल रेडक्रस सोसाईटीले पनि थप सामाग्रीउपलब्ध गराउने जनाएको छ ।