कान्छी बाराही मन्दिरको उद्घाटन

  • १२ भाद्र २०७५, मंगलवार
  • 2682 पटक पढिएको

शिख १२ भदौ । हालै पुननिर्माण सकिएको म्याग्दीको अन्नपूर्ण गाउँपालीका ५ शिख स्थित धार्मीक तथा पर्यटकीय महत्वको कान्छी बाराही मन्दिरको उद्घाटन गरीएको छ । अन्नपूर्ण चक्रिय पदमार्गको तातोपानी–घोडेपानी क्षेत्रको भ्रमणमा आउने स्वदेशी तथा बिदेशी पर्यटक तथा भक्तजनलाई आकर्षीत गरी पर्यटन प्रर्वद्धन तथा धार्मीक स्थलको संरक्षण गर्ने उद्देश्यले मन्दिर पुननिर्माण भएको हो ।

जनै पूर्णीमा पर्वको अवसरमा मन्दिरको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले उद्घाटन गरेका हुन् । अध्यक्ष पुनले प्राकृतिक स्थल र सौन्दर्यको प्रचारप्रसार, धार्मीक स्थल तथा सांस्कृतीक सम्पदाको संरक्षण गरी पर्यटन र आर्थिक विकास गर्न सकिने बताए ।


कार्यक्रममा वडा अध्यक्ष दिनेश कुमार तिलीजा, टोल सुधार समितिका अध्इक्ष निलबहादुर पुर्जा, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हेमबहादुर पुर्जा, सचिव अमर राना, कोषाध्यक्ष चौदेवि पूर्जा लगायत स्थानीयबासीहरुको उपस्थिती रहेको उद्घाटनका अवसरमा पुजाआजा गरिएको थियो ।

गाउँपालीका र स्थानीयबासीको दश लाख असी हजार ३५ रुपैयाको लगानीमा मन्दिर पुनःनिर्माण गरीएको उपभोक्ता समितिका सचिव रानाले जानकारी दिनुभयो । करिब एक सय वर्ष पुरानो मन्दिरको पुरानो संरचनालाई जगैदेखि भत्काएर पुननिर्माण गर्नुका साथै रेलीङ र सिढी समेत बनाइएको छ ।

गाउँपालीकाले चार लाख पचास हजार रुपैया उपलब्ध गराएको मन्दिर पुननिर्माणका लागि स्थानीयबासी र प्रवासमा रहेका शिखबासीहरुबाट थप छ लाख रुपैया भन्दा बढी सहयोग जुटेको थियो । शिखको फलाते घर भई हाल काठमाडौमा बसोबास गर्दै आउनुभएका कृष्ण शेरचनका परिवारले मन्दिरमा मुर्ती उपलब्ध गराउनुभएको छ ।

शिख्तानी समाज बेलायतबाट चार लाख, स्थानीयबासीको दुई लाख ८० हजार बराबरको श्रम तथा चन्दा सहयोग तथा मन्दिरको कोषमा रहेको पचास हजार रुपैया पुननिर्माणमा परिचालन गरिएको सचिव रानाले बताउनुभयो ।

जनै पुर्णीमा पर्वमा बिशेष मेला लाग्ने यस मन्दिरमा दैनिक पुजाआजा सञ्चालन गर्ने तयारी भएको छ । पुजाआजा र भाकल गरेमा मनोकाक्षा पुरा हुने जनविश्वास छ । कान्छि बाराही मन्दिरमा मुर्ती प्रतिस्थापान, घेराबार र प्रचारप्रसार गरेर धार्मीक पर्यटकीय गन्तब्यको रुपमा विकास गराउने योजना रहेको स्थानीय युवा सुरेन गुरुङले बताउनुभयो ।

यसैगरी शिखमा विभिन्न चाडपर्वको अवसरमा आयोजना हुने मेलाजात्रालाई ब्यवस्थित गरीएको छ । गाउँपालिकाको योजना अनुसार वर्षमा एउटा वडामा एउटा मात्र मेला सञ्चालन गरीने भएको हो । यसअघि टोलैपिप्छे मेला लगाउने गरिन्थ्यो । यसपालि जनैपूर्णीमा पर्वको अवसरमा पाउद्धारमा मेला सञ्चालन गरिएको छ । विगतका वर्षमा एउटै वडामा पर्ने शिख र पाउद्धारमा जनै पूर्णीमामा मेला लगाउने गरिएको थियो ।

जनैपूर्णीमाको अवसरमा मन्दिर उद्घाटनपछि कान्छि बराहनी युवा कल्वले मनोरञ्जनका लागि एक दिनमात्र प्रौढ भलिबल, महिला डोरी तान्ने र सांस्कृतीक कार्यक्रम आयोजना गरेर करिब एक लाख साठी हजार रुपैया जुटाएको जनाएको छ ।