प्रअद्धारा जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

  • ६ भाद्र २०७५, बुधबार
  • 2483 पटक पढिएको

बेनी ६ भदौ । बेनी नगरपालिका ८ कालिपुल स्थित बालमन्दिर आधारभुत विद्यालयका प्रअ सुरेन्द्र केसीले आफ्नो जन्मदिनको अवसर पारेर बुधबार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्नुभएको छ ।  प्रअ केसीले ४२ औ जन्मदिनको अवसरमा २०२ जना विद्यार्थी मध्य बुधबार उपस्थित भएका १८२ जनालाई छ हजार रुपैया मूल्य बराबरको एक, एक थान कापी र कलम वितरण गर्नुभएको हो ।


कक्षा ८ सम्मको पठनपाठन हुने विद्यालयका विद्यार्थीहरुलाई पढाईप्रती आकर्षित गराउन र भड्कीलो रुपमा जन्मदिन मनाउने परम्परालाई निरुत्साहीत गर्नुपर्ने सन्देश प्रवाह गराउन शैक्षिक सामाग्री वितरण गरिएको प्रअ केसीले बताउनुभयो ।