खोरीयाका ११ घर पहिरोको जोखिममा

  • ६ भाद्र २०७५, बुधबार
  • 2622 पटक पढिएको

म्याग्दी ६ भदौ । धवलागिरी गाउँपालिका २ खोरीयामा पहिरोका कारण ११ घर जोखिममा परेका छन् । खोरीयाको कमेरी खोल्सामा गएको पहिरोका कारण धारा टोलका ११ घर जोखिममा परेका स्थानीय ज्ञानबहादुर पाईजाले बताउनुभयो । पहिरोले पाईजाको आधा रोपनीबारी समेत बगाएको छ । खोरीयाका ८९ घरधुरीलाई खेतबारी र घासदाउरा गर्न जंगल जान आउन समस्या भएको छ ।

खोरीयाबाट लमसुङ माविमा पढ्नका लागि जाने विद्यार्थीहरु समेत प्रभावित बनेका छन् । निरन्तरको पहिरोका कारण जोखिममोलेर आवतजावत गर्नुपर्ने बाध्यता छ । धवलागिरी गाउँपालिका २ का वडा अध्यक्ष गम प्रसाद बिकले स्थानीयबासीलाई सर्तकता अपनाउन अनुरोध गरिएको बताउनुभयो । बर्खा रोकीएपछि पहिरो नियन्त्रणको कामगर्न योजनाको पहलभएको वडा अध्यक्ष विश्वकर्माले बताउनुभयो ।