बेनी–जोमसोम सडक अवरुद्ध
- ३१ श्रावण २०७५, बिहीबार
- 2215 पटक पढिएको
म्याग्दी, ३१ साउन । बर्षातको कारण विभिन्न ठाउँमा पहिरो र नदी कटानका कारण म्याग्दीको उत्तरी क्षेत्र हुदै हिमाली जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध बनेको छ । म्याग्दीको बैसरी, बेगखोला, भुरुङ तातोपानी, गुईठे, घट्टेखोला, रुप्से, काभ्रे भीर र मुस्ताङको घाँसामा पहिरोले सडक बगाएपछि सिधा यातायात अवरुद्ध बनेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपर भाईजर ईन्द्रसिङ शेरचनले बताए ।
भुरुङतातोपानी र घाँसामा कालीगण्डकीले सडक कटान गरेर बगाएको छ । सडक आयोजनामा परिचालन भएका निर्माण ब्यवसायीका उपकरण प्रयोग गरेर मर्मतको प्रयास गरेपनि निरन्तरको बर्षातका कारण सफल हुन नसकेको सुपर भाईजर शेरचनले बताए ।
सडक अवरुद्ध हुदाँ मुस्ताङ जाने आउने तिर्थयात्री, पर्यटक र स्थानीयबासीलाई सास्ती भएको छ । खण्ड खण्डमा चल्ने सार्वजनीक सवारी साधनका कर्मचारीहरुले तोकिएको भन्दा बढी भाडा लिने गरेको यात्रुहरुले गुनासो गरेका छन् ।