लुलाङमा खेलमैदानको पर्खाल भत्कीदा पहिरोको जोखिम
- ३१ असार २०७५, आईतवार
- सन्तोष गौतम
- 2244 पटक पढिएको
म्याग्दी ३१ असार । म्याग्दीको धवलागिरी गाउँपालिका २ लुलाङमा खेलमैदानको पर्खाल भत्कीएर पहिरो जाँदा एक घर पुरीएको छ । लुलाङ आधारभुत विद्यालय परिसरको खेलमैदानको डिलमा लगाइएको ग्यावियन पर्खाल भत्कीदा शनिबार साँझ स्थानीय भिमप्रसाद कुमाईको घर पुरीएर क्षत्ती पुगेको हो । भागेर ज्यान जोजाएका कुमाईको परिवार छिमेकी र आफन्तकोमा आश्रय लिएर बसेका छन् ।
अबिरल बर्खासंगै पर्खाल भत्कीएर पहिरो जाँदा विद्यालयको कक्षा कोठा भवन र थप पाँच वटा घर समेत जोखिममा परेका शिक्षक बिजय रसाईलीले बताउनुभयो ।भिरालो भुगोलमा अवस्थित सो स्थानमा पाखोबाट आउने भल तर्काएर पहिरो रोकथामको पहल गरिएपनि सफल भएको छैन् । गाउँपालिका र बेल्जीयमको एक संस्थाको सहयोगमा खेलमैदान संरक्षणका लागि ग्यावीयन पर्खाल निर्माण भएको थियो ।