काँग्रेस म्याग्दीको कार्यसमितिमा पूर्णता
- १६ असार २०७५, शनिबार
- 2385 पटक पढिएको
बेनी १६ असार । नेपाली काँग्रेस म्याग्दीको जिल्ला कार्यसमिति निर्वाचित भएको अढाई वर्षपछि पूर्णता पाएको छ ।वि.स २०७२ चैतमा चयन भएको अधिवेशनबाट निर्वाचित काँग्रेसको जिल्ला कार्यसमितिमा शनिबार उपसभापती, सहसचिव र प्रवत्ता चयन गरिएको हो । नेपाली काँग्रेस म्याग्दीका सभापती खम्बिर गर्बुजाको अध्यक्षतामा बेनी स्थित पार्टी कार्यालयमा बसेको बैठकले उपसभापतीमा माधवप्रसाद रेग्मी, सहसचिवमा भरत रकाल र प्रवत्तामा अजयमिलन श्रेष्ठलाई चयन गर्ने निर्णय गरेको हो ।
उपसभापतीमा चयन हुनुभएका रेग्मी यसअघि एक कार्यकाल सचिव र दुई कार्यकाल महाधिवेशन प्रतिनिधि, प्रवत्ता श्रेष्ठ सहसचिव र सहसचिव रकाल नेविसंघको जिल्ला सभापती तथा काँग्रेसको महाधिवेशन प्रतिनिधि हुनुहुन्छ । बैठकले मंगला गाउँपालीकाको बरंजाका लालबहादर रोका र धौलागिरी गाउँपालीका ७ धारापानीका तेजेन्द्र थापालाई आमन्त्रीत सदस्यमा मनोनित गरेको प्रवत्ता श्रेष्ठले जानकारी दिए ।