मच्छिममा क्षमत्ता विकास तथा अभिमुखीकरण कार्यक्रम सुरु

  • १६ असार २०७५, शनिबार
  • 1291 पटक पढिएको

रासबहादुर गोतामे /
मच्छिम १६ असार । धौलागिरी गाउँपालीका ७ मच्छिममा शुक्रबारदेखि दलित समुदायलाई लक्षित गरेर क्षमत्ता विकास तथा अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।

२ दिनसम्म चल्ने कार्यक्रमको उद्घाटन गर्दै गाउँपालीकाका अध्यक्ष थमसरा पुनले जातीय, लैङ्गीक, धार्मीक, भाषीक आधारमा कसैलाई पनी बिभेद र भेदभाव गर्न नहुने बताउदै जातीय छुवाछुतको ब्यवहारीक अन्त्यमा जोड दिईन ।

मलिका दलित समाजका अध्यक्ष लालप्रसाद श्रीपालीको अधयक्षता, भुमे आधारभुत विद्यालयका शिक्षक रासबहादुर गोतामेको सञ्चालन र गाउँपालीकाको पशु सेवा शाखाका प्रमुख गिता नेपालीले स्वागत गर्नुभएको कार्यक्रममा वडा सदस्य देवबहादुर थापा, स्रोत व्यक्ति गिरीप्रसाद छन्त्यालले पनी मन्तब्य व्यक्त गरेका थिए ।

कार्यक्रमको वुद्धी विकास मावीका प्रअ जगबहादुर किसान, पशु सेवा शाखा प्रमुख गिता नेपाली, स्रोत व्यक्ति गिरीप्रसाद छन्त्याल, वडा सचिव आराम थापा, शिक्षक रासबहादुर गोतामे र अशोक घिमीरेले सहजिकरण गर्ने जनाइएको छ ।