ताकमका महिलाहरु आमा समूह मार्फत सामाजिक काममा सक्रिय

  • २ असार २०७५, शनिबार
  • गोपाल आचार्य
  • 2308 पटक पढिएको

ताकम, २ असार । धौलागिरी गाउँपालीका ७ ताकमका महिलाहरु आमा समूह मार्फत सामाजिक काममा सक्रिय भएका छन् ।

ताकममा गठन भएको भगवती आमा समूह मार्फत महिलाहरु आयआर्जन, सिप तथा क्षमत्ता विकास, कला, संस्कृती, धार्मीक स्थलको संरक्षण, महिला हिंसा न्युनीकरणका साथै विकास निर्माणमा सहयोग गरेका हुन् ।

समूहको चार लाख २५६ हजार रुपैयाको लागतमा सुवेदीथरमा सुर्यनारायण मन्दिरको निर्माण भएको छ । तिन लाख ४९ हजार २५६ रुपैया नगद र ५१ ह्जार रुपैया नगद लगानी भएको मन्दिर निर्माणका क्रममा एक लाख ४९ हजार ६२४ रुपैया ऋण रहेको समूहकी बिष्णु सुवेदीले बताउनुभयो ।

बिवाह, ब्रर्तबन्ध तथा विभिन्न सभा समारोहमा नाचगान गरेर विभिन्न प्रतियोगितामा पुरस्कार जितेर जुटाएको एक लाख ९९ हजार ६२२ रुपैयाबाट मन्दिर निर्माण सुरु गरेका थिए । धना केसीको नेतृत्वमा निर्माण भएको मन्दिरमा नगेन्द्र सुवेदीले गजुर र ईन्द्रनाथ पौडेलले घण्ट उपलब्ध गराउनुभएको छ ।

हरिलाल उपाध्यायले २०५२ सालमा मुर्ती उपलब्ध गराउनुभएको थियो । मन्दिरको धौलागिरी गाउँपालीकाका अध्यक्ष शुक्रबार थमसरा पुनले उद्घाटन गर्नुभयो । उहाँले महिलाहरु घरायसी काममा मात्र सिमीत नरही राजनिति, विकास निर्माणको क्षेत्रमा पनी सक्रिय बन्नुपर्ने बताउनुभयो । महिलाको शिक्षा, स्वास्थ्य र आम्दानीको स्रोतमा पहुँच बढाउन प्राथमिकता दिने अध्यक्ष पुनले बताउनुभयो ।

समूहकी अध्यक्ष देवी सुवेदीको अध्यक्षता, दुर्गा पौडेलको सञ्चालन र गंगा सुवेदीको स्वागत मन्तब्यमा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष कलानिधी सुवेदी र स्थानीय छवीलाल सुवेदीले ताकमका महिलाहरुको सक्रियता प्रशसनीय भएको बताउनुभयो ।

गोपाल आचार्य