मुनामा किशोर किशोरीहरुका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि तालीम
- २ असार २०७५, शनिबार
- होसीयारसिङ विश्वकर्मा
- 2978 पटक पढिएको
मुना, २ असार । धौलागिरी गाउँपालीका ३ मुनामा शुक्रबार किशोर किशोरीहरुका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि तालीम सम्पन्न भएको छ ।
गुड नेवर्स ईन्टरनेशनलको आर्थिक, प्राबिधिक सहयोग, कदम म्याग्दीको आयोजनामा तिन दिन सम्म सञ्चालन भएको तालीममा गुर्जा, लुलाङ, मुना, मुदी र मराङका १७ जनाको सहभागीता रहेको थियो ।
यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि तालीमको माध्यमबाट विद्यालयका किशोर किशोरीहरुलाई किशोर अवस्थामा आउने शारिरीक, मानसीक, मनोवैज्ञानीक, सामािजक परिवर्तनको बारेमा सचेत बनाउने उद्देश्यले आयोजित तालीमको गाउँपालीकाका स्वास्थ्य संयोजक लोकनाथ पौडेल र मुक्ति ढुंगानाले सहजिकरण गर्नुभएको थियो ।
तालीमको उद्घाटनका क्रममा वडा अध्यक्ष पुर्म पुनले किशोर अवस्थाको परिवर्तनलाई सहज व्यवस्थापन गर्न उनिहरुको मनोभावन बुझेर उचित ब्यवहार गर्नुपर्ने र शिक्षा दिएर सचेत बनाउनुपर्ने बताउनुभयो ।
कदम म्याग्दीकी निरमाया मिजारले सञ्चालन गर्नुभएको तालीम समापन कार्यक्रममा सहभागीको तर्फबाट पूर्णबहादुर भण्डारी र ननसरा सिङकीजाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।