ताकममा आमा समूहद्धारा मन्दिर निर्माण

  • २ असार २०७५, शनिबार
  • गोपाल आचार्य
  • 1533 पटक पढिएको

ताकम, १ असार । धौलागिरी गाउँपालीका ७ ताकममा आमा समूहले मन्दिर निर्माण गरेका छन् । भगवती आमा समूहले निर्माण गरेको सुर्यनारायण मन्दिरको शुक्रबार गाउँपालीकाका अध्यक्ष थमसरा पुनले उद्घाटन गर्नुभयो ।

अध्यक्ष पुनले कला, संस्कृती, ऐतिहाँसीक र धार्मीक सम्पदाको संरक्षणमा जोड दिदै महिलाहरु विकास निर्माण र सामाजिक रुपान्तरणमा अग्रसर बन्नुपर्ने बताउनुभयो । वडा अध्यक्ष कलानिधी सुवेदी लगायत जनप्रतिनिधि र स्थानीय अगुवाहरुको उपस्थिती रहेको कार्यक्रममा सहयोगदाताहरुलाई सम्मान गरिएको थियो । आमा समूहले चन्दा सहयोग जुटाएर धार्मीक स्थलको संरक्षण गर्ने उद्देश्यले मन्दिरको निर्माण गरेका हुन् ।

गोपाल आचार्य