लिटील गार्डेनका विद्यार्थीद्धारा वृक्षारोपण
- २३ जेष्ठ २०७५, बुधबार
- सन्तोष गौतम
- 1547 पटक पढिएको
बेनी, २२ जेठ । बेनीमा रहेको लिटील गार्डेन एकेडेमीका विद्यार्थीहरुले मंगलबार ४५ औ विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण गरेका छन् ।
विद्यालय अन्तरगत गठन भएको ईको कल्व मार्फत कालीपुल स्थित पक्कि मोटरेबल पुल देखि जेसीज भवन सम्मको खाली जग्गामा ११० वटा बिरुवा रोपीएको विद्यालयका संस्थापक निर्देशक बालकृष्ण सुवेदीले बताउनुभयो । चार वटा समूहमा बिभाजन भएर चाप र कटुस प्रजातीका बिरुवा रोपीएको थियो ।
विरुवाको नियमित संरक्षण र हेरचाह गरेर प्रयोगात्मक परिक्षामा सहभागी गराइने प्रिन्सीपल खुमबहादुर केसीले बताउनुभयो । प्रकाश माविका स्रोत व्यक्ति मोहन बानियाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । लिटील गार्डेनका विद्यार्थीहरुले यसअघि वातावरण दिवसको अवसरमा चार वर्षसम्म म्याग्दी र कालीगण्डकी नदी किनारमा सरसफाई गरेका थिए ।