मौवाफाँटमा योग शिवीर सुरु

  • २१ जेष्ठ २०७५, सोमबार
  • 1833 पटक पढिएको

म्याग्दी, २१ जेठ । रघुगंगा गाउँपालीकाको केन्द्र मौवाफाँटमा आईतबारदेखि योग शिवीर सुरु भएको छ । गाउँपालीकाको सहयोगमा नविन आनन्द योग केन्द्रले आयोजना गरेको शिवीर ५ दिनसम्म सञ्चालन हुने जनाइएको छ ।

ज्ञानोदय मावि मौवाफाँटका प्रअ निलकण्ठ सुवेदीको अध्यक्षतामा भएको शिवीरको उद्घाटन गर्नुहुदै गाउँपालीकाका अध्यक्ष भबबहादुर भण्डारीले स्वास्थ्यका लागि योगको महत्व रहेको बताउनुभयो ।

तनावबाट मुत्ती पाउन, रोगबाट बञ्नका लागि योग गर्नुपर्ने अध्यक्ष भण्डारीको भनाई थियो । शिवीरमा योगको ब्यवहारीक र सैद्धान्तीक ज्ञान सिप प्रदान गरिने प्रमुख प्रशासकीय अधिकृत नारायण चापागाईले बताउनुभयो ।