गणतन्त्र दिवसको अवसरमा छात्रवृत्ति वितरण
- १६ जेष्ठ २०७५, बुधबार
- 2648 पटक पढिएको
म्याग्दी, १६ जेठ । म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानमा रहेको भिम माध्यमिक विद्यालयमा गणतन्त्र दिवसको अवसरमा छात्राबृत्ति वितरण गरिएको छ ।
स्वर्गीय चक्र प्रसाद गौचनको स्मृतिमा उहाँका छोराहरु मिन प्रसाद गौचन , खगेन्द्र गौचन र फर्मेन्द्र गौचनले स्थापना गर्नुभएको गरिब तथा जेहेन्दार छात्रवृत्ति कोषबाट विद्यालयका गरिब तथा जेहेन्दार १५ जना विद्यार्थीलाइ झोला , पोशाक तथा शैक्षिक सामग्री वितरण गरिएको हो ।
सो कार्यक्रमको अवसरमा शैक्षिक सत्र २०७४ को पुरस्कार बितरण को साथै नवागन्तुक विद्यार्थीलाइ स्वागत तथा सदन स्तरीय नृत्य प्रतियोगिता समेत सम्पन्न भएको छ ।
कार्यक्रम शिक्षक अभिभावक संघ अध्यक्ष रेखा पुर्जाको अध्यक्षता, शिक्षक नरबहादुर विश्वकर्माको स्वागत र प्रकाश सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रधानध्यापक डम्बर बहादुर घर्ति, शिक्षक यामनाथ पौडेल, यामप्रसाद तिवारी, विद्यार्थी एलिना पुर्जा लगायतले मन्तव्य राख्नुभएको थियो । लोकनृत्य प्रतियोगितामा माछापुच्छ्रे सदन प्रथम र सगरमाथा सदन दितिय भएको थिए भने पुरुस्कार प्रायोजक शिक्षक धनु प्रसाद पुर्जाले गर्नुभएको थियो ।