बालबालिकालाई शैक्षिक सामाग्रीवितरण

  • १५ जेष्ठ २०७५, मंगलवार
  • 1947 पटक पढिएको


बेनी १५ जेठ । बेनी नगरपालीका ६ छापमा रहेको बागेश्वरी आधारभुत विद्यालयमामंगलबार ११ औ गणतन्त्र दिवसको अवसर पारेर बालबालिकालाई शैक्षिक सामाग्रीवितरण गरिएको छ ।विद्यालयमा स्थापीत भन्द्रबहादुर नन्दकली स्मृती अक्षयकोषको ब्याजबाट २२ जना विद्यार्थीहरुलाई पोषाक, झोला, कापी, कलम, ज्यामीतीबक्स लगायतका सामाग्री वितरण गरिएको हो । स्थानीय नारायण महतले दिवंगत बुवा भन्द्रबहादुर र आमा नन्दकलीको स्मृतीमा स्थापनागर्नुभएको एक लाख ५१ ह्जार १५१ रुपैयाको अक्षयकोषबाट प्रत्येक वर्ष विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिदै आएको छ ।

वडा अध्यक्ष समेत रहनु भएका विद्यालयव्यव स्थापन समितिकाअध्यक्ष कृष्णबहादुर बानिया, कोषका संस्थापकमहत, प्रअ लालबहादुर खत्री लगायतले शैक्षिक सामाग्री वितरण गर्नुभएको थियो । सो विद्यालयमा तेजेन्द्र बानियाले स्थापना गर्नुभएको ५१ ह्जार रुपैया राशीको देवबहादुर हिरा स्मृती कोषको ब्याज र विद्यालयको आन्तरीक स्रोतबाट विद्यार्थी आकर्षित गराउन दिवा खाजा कार्यक्रम सञ्चालन भएको छ ।

अर्को अक्षयकोष स्थापनाका लागि अमेरीका निवासी कृष्णबहादुर बानियाले तिस हजार रुपैया सहयोग गर्नुभएको छ । कक्षा ५ सम्म पठनपाठन हुने विद्यालयमाहाल २२ जनाविद्यार्थी अध्ययनरत छन् ।