रघुगंगाका जनप्रतिनिधिलाई योजना तर्जुमा तथा बजेट निर्माणसम्बन्धी तालिम
- १३ जेष्ठ २०७५, आईतवार
- धिरन खत्री
- 2834 पटक पढिएको
म्याग्दी, १३ जेठ । जिल्लाको स्थानीय तहमा विकास योजना छनोट र बजेट ब्यवस्थापन सम्वन्धि योजना तर्जुमा तथा बजेट निर्माण सम्वन्धि प्रशिक्षणलाई तिव्रता दिइएको छ । जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा रघुगंगा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, कार्यपालिका सदस्य, विषयगत कर्मचारीलाई सो सम्वन्धि दुइ दिने प्रशिक्षण तालिम सुरु गरिएको छ ।
गाउँपालिकाकोम केन्द्र मौवाफाटमा भएको योजना तर्जुमा तथा बजेट निर्माणसम्वन्धी तालिमलाई आईतबार जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले बस्तीस्तर हुदै गाउँसभामा योजना छनोट प्रक्रिया सम्वन्धि तालिम दिनुभएको थियो । त्यसैगरि राष्ट्रिय पुर्ननिर्माण जिल्ला कार्यालय प्रमुख शिवराम गेलालले विकास योजनालाई कसरी ब्यवस्थित गर्ने सम्वन्धि प्रशिक्षण सोमबार दिनुहुने छ । सो प्रशिक्षणमा समुहगत छलफल चलाएको थियो ।
बजेट निर्माण र योजना सम्वन्धि प्रशिक्षण कार्यक्रमको अध्यक्षता जिससका प्रमुख केसी, स्वागत मन्तव्य प्रशिक्षक शिवराम गेलाल र जिससका शाखा अधिकृत गोविन्द्र सुनारले सञ्चालन गर्नुभएको प्रशिक्षण कार्यक्रमा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले शुभकामना मन्तव्य राखेका थिए ।
धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l