जन्मदिनको अवसरमा बालगृहलाई सहयोग

  • १२ जेष्ठ २०७५, शनिबार
  • 1731 पटक पढिएको

म्याग्दी, १२ जेठ । म्याग्दीको बेनी नगरपालीका–७ मंगलघाटका एक दम्पतिले आफ्नो छोरीको जन्मदिनको अवसर पारेर नेपाल बाल संगठन म्याग्दीलाई खाद्यान्न सहयोग गरेका छन् । आफ्नो छोरी उन्नति फगामीको जन्मदिनको अवसर पारेर बालगृहमा गौमाया फगामी र रमेश फगामीले १० हजार बराबरको चामल, दाल, तेल, चाउचाउ, चिनी लगाएतका सहयोग गरेका हुन ।

खाद्यन्य सहयोग गर्दै आमा गौमतीले छारीको जन्मदिनमा अन्य खर्च गरेर जन्मदिन मनाउन भन्दा बालगृहका अनाथ बालबालीकाको लागी सहयोग गरेर छोरीले जन्मदिन मनाउन चाहेकाले आफुहरुले छोरीको चाहाना अनुरुप जन्मदिन मनाएको बताईन । सहयोग हस्तारण कार्यक्रम संगठनका अध्यक्ष नेत्र महतको अध्यक्षता कोषाध्यक्ष ज्ञानेन्द्र श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । अहिले बालगृहमा ११ जना बालबालिका रहेका छन् ।