सिण्डीकेटधारीको जरो उखेल्दै प्रहरी
- १० जेष्ठ २०७५, बिहीबार
- 2281 पटक पढिएको
सन्तोष गौतम / बेनी १० जेठ । बस रिजर्भ गरेर बेनी देखि मुस्ताङ जादै गरेका यात्रुलाई झारेर आफ्नो सवारी साधनमा यात्रा गर्न बाध्य बनाउने तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । बेनी देखि जोमसोम तर्फ रिजर्भमा यात्रु लिएर जादै गरेको बसलाई बुधबार बिहान ४.३० बजे रघुगंगा गाउँपालिका ३ को गायत्री मन्दिर अगाडी रोकेर आफ्नो सवारी साधनमा यात्रा गर्न बाध्य बनाएको आरोपमा पक्राउ परेका उनिहरुलाई केही सार्वजनिक अपराध मुद्दा दर्ता गरी सात दिनको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
पक्राउ पर्नेमा मालिका गाउँपालिका ७ बिम घर भई हाल बेनपा ८ बस्ने २२ वर्षिय सागर श्रीपाली, बेनी नगरपालीका ५ पुलाचौरका २२ वर्षिय विश्वास शेरपुञ्जा र बेनी नगरपालीका ८ कालीपुलका १७ वर्षिय आकाश घर्तीमगर रहेका प्रहरी निरिक्षक दिपक महत क्षेत्रीले जानकारी दिनुभयो ।पक्राउ परेकाहरुलाई बेनी जोमसोम सडकमा यातायात सेवा दिदै आएका म्याग्दीका यातायात ब्यवसायीहरुले बाहिरी जिल्लाबाट रिजर्भमा यात्रु लिएर आउने सवारी साधनको निगरानी गर्न परिचालन गरेको अनुसन्धानबाट खुलेको छ ।यातायात क्षेत्रमा समस्याको रुपमा रहेको सिण्डीकेटको विरुद्धमा सरकारी निकाय आक्रामक रुपमा प्रस्तुत भएपनी बेनी जोमसोम सडकको विभिन्न ठाउँमा स्थानीय यातायात ब्यवसायीले बाहिरबाट आउने सवारी साधन सञ्चालनमा अवरोध गर्दै आएको यात्रुहरुले गुनासो गरेका छन् ।
बिचमा सवारी साधन रोकेर यात्रुलाई आफ्ना यातायातका साधनमा यात्रा गर्न बाध्य बनाउने, सवारी धनीबाट अबैध रुपमा पैसा असुल्ने गरेको गुनासो जिल्लाको सुरक्षा नेतृत्व सम्हालन मंगलबार मात्र बेनी आएका प्रहरी नायव उपरिक्षक बिरबहादुर बुढाकहाँ सुचना पुगेको थियो ।यसअघि प्रहरी, प्रशासन र जनप्रतिनिधिहरुको संरक्षणमा यस्तो अबैध धन्दा र गतिबिधी गर्दै आएका यातायात ब्यवसायीका नेताहरु पक्राउ परेकालाई छुटाउन बुधबार दिउँसो प्रहरीकहाँ पुगेका थिए । डिएसपी बुढाले अबैध क्रियाकलाप गर्नेहरुलाई समेत पक्राउ गरेर कानुनी कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएर फर्काउनु भएको हो ।
बेनीको कालीपुल पेट्रोल पम्प नजिकै र मुस्ताङको घासँमा निरीक्षण काउण्टर खडा गरेर स्थानीय यातायात समितिको नाममा बाहिरी जिल्लाबाट सवारी साधन लिएर आउने यात्रुलाई रोकेर दुख दिने र जवरजस्ती पैसा असुल्ने गरिएको गुनासो रहेको छ ।
yo dalal harule jillakai nak katne vo.