भारतीय प्रधानमन्त्री मोदी मुक्तिनाथमा ओर्लिए, बिशेष पुजामा सरिक हुँदै

  • २९ बैशाख २०७५, शनिबार
  • 2353 पटक पढिएको

मुक्तिनाथ, २९ वैशाख । नेपालको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ आइपुगेका छन् । नेपाल भ्रमणको दोस्रो दिन मोदी नेपाल सेनाको हेलिकप्टरबाट मुक्तिनाथ मन्दिर पुगेका हुन् । मुक्तिनाथ परिसरमा रहेको हेलीप्ण्डामा उत्रिएका मोदीलाई स्वागतको लागि विछ्याइएको रातो कार्पेटबाट पैदल हिँडाएर मन्दिर पु¥याईएको छ ।

अब मोदीले हिन्दु र बौद्ध धर्मावलम्बीहरुको साझा तिर्थस्थल मुक्तिनाथमा बिशेष पुजाआजा गर्नेछन् । सो अवसमार उनलाई स्थानीय स्तरबाट नागरिक अभिनन्नद समेत गरिनेछ । त्यसैगरि मुक्तिनाथ क्षेत्र विकास समितिले उनलाई शालिग्राम उपहार प्रदान गर्ने तयारि गरेको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको तर्फबाट मोदीलाई ताम्रपत्र प्रदान गर्ने बताइएको छ ।

काठमाण्डौबाट हेलिकप्टर मार्फत मुस्ताङ पुगेका मोदीको स्वागतको लागि मुक्तिनाथ परिसर चिटिक्क परेको छ । मुक्तिनाथ क्षेत्र स्वागत गेट, झण्डा, तुलव्यानले झकिझकाउ देखिएको छ । मोदी भ्रमणको पूर्व सन्धयामा भएको बेमौसमी हिमपातले यतिबेला मुक्तिनाथ क्षेत्र सेताम्मे हिमालले घेरिएका डाँडाकाँडाले सुसज्जीत बनेको छ । मोदीको लागि सेताम्मे हिमालभित्र रहेको मुक्तिनाथको दर्शन गर्न पाउनु मौका जस्तै मिलेको छ ।

बिहान करिब ८ बजे मुक्तिनाथ ओर्लिएका मोदीलाई संघीय सरकारका सँस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारी र प्रदेश नं ४ का मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संयुक्त रुपमा स्वागत गर्नेछन् । त्यसपछि मुस्ताङका सांसद्, प्रमुख जिल्ला अधिकारी सहित गाउँपालिका अध्यक्षहरुले स्वागत गर्ने कार्यक्रम तय भएको छ । मन्दिरको मूख्य मण्डपमै पुजापाठको व्यवस्था मिलाईएको मोदीले आधा घण्टा पुजाअर्चना गर्ने बताईएको छ ।