बेनीमा सडक मर्मत सुरु

  • २८ बैशाख २०७५, शुक्रबार
  • सन्तोष गौतम
  • 2225 पटक पढिएको

बेनी २८ बैशाख । म्याग्दी सदरमुकाम बेनी बजारभित्रका सडक मर्मतको काम सुरु भएको छ । बेनी नगरपालिकाले बजार क्षेत्रको सडकमा खाल्डा खुल्डी पुर्ने र पिच उक्कीएको ठाउँमा मर्मत सुरु गरेको हो । जिल्ला प्रशासन कार्यालय, जिसस कार्यालय गाडीको चोक, बालमन्दिर चोक, संगमचोक, हुलाकचोक, न्युरोड, गणेशटोल, क्याम्पसचोक, शिक्षा मार्ग, अस्पतालचोक क्षेत्रमा सडक मर्मत कार्य भैरहेको छ ।

नगरपालिकाले ७ र ८ नम्बर वडाको बजार क्षेत्रभित्रको सडक मर्मतका लागि बिनियोजन गरेको दश लाख रुपैया बजेट मार्फत काम भैरहेको बेनपा ७ का वडा अध्यक्ष राजेन्द्र श्रेष्ठले बताउनुभयो । पिच उक्कीएर खाडल परेको ठाउँमा पुरेर पुन कालोपत्रे गरीएको छ । खाल्डाखुल्डी पुरेपछि पानी जम्ने समस्या कम हुने र आवत जावतमा सहज हुने वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

सन्तोष गौतम