गायत्री संगम युवा क्लबद्धारा मन्दिरलाई सहयोग

  • २८ बैशाख २०७५, शुक्रबार
  • 2020 पटक पढिएको

म्याग्दी, २८ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–३ गलेश्वरमा रहेको गायत्री संगम युवा क्लबले स्थानीय गायत्री मन्दिरलाई आर्थिक सहयोग गरेको छ । क्लबका अध्यक्ष कुमार तिलिजा, सचिब एकिन पुर्जा, कोषाध्यक्ष मन्जु पुर्जा लगायत क्लबका पदाधिकारी र सदस्यहरुको टोलीले मन्दिरमा पुगेर रु २० हजार आर्थिक सहयोग गरेका हुन् ।


हालै घुमाउनेतालमा खेलकुद एवम साँस्कृतिक मेला समेत सम्पन्न गरिसकेको क्लबले मन्दिरको लागि पूर्वाधार बनाउन सहयोग पुगोस भन्ने उदेश्यले उक्त सहयोग गरेको जनाएको छ ।

त्यसैगरि क्लबले दुबै मिगौला पिडित रघुगंगा गाउँपालिका–३ का राजकुमार तिलिजालाई नगद रु ५ हजार आर्थिक सहयोग प्रदान गरेको क्लबका अध्यक्ष तिलिजाले जानकारी दिनुभयो ।