म्याग्दीअनलाईनका संयोजक छन्त्याल, सम्पादक खत्री सहित पत्रकार गौतम सम्मानीत

  • २७ बैशाख २०७५, बिहीबार
  • 2710 पटक पढिएको

म्याग्दी, २७ वैशाख । म्याग्दीअनलाईन डटकमका संयोजक देवान छन्त्याल र सम्पादक कमल खत्री दुर्गम गाउँ मल्कबाङमा सम्मानीत भएका छन् । ग्रामीण पत्रकारीता मार्फत जिल्लाको सम्भावना र समस्याहरुलाई उजागर गरि विकास निर्माणमा रचनात्मक सहयोग पुर्‍याएको भन्दै म्याग्दी अनलाईनका संयोजक छन्त्याल, सम्पादक खत्री सहित पत्रकार सन्तोष गौतमलाई सम्मान गरिएको हो ।

मल्कबाङमा रहेको जनजागृती माध्यमिक विद्यालयको नवनिर्मित भवनको मंगलवार आयोजित उद्घाटन समारोहमा तत्कालिन मल्कबाङ गाविसका पूर्व अध्यक्ष एवम समाजसेवी सुवेदार तुल बहादुर घ्याप्चन छन्त्याल, धौलागिरि गाउँपालिका उपाध्यक्ष रेशम छन्त्याल, प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्मा लगायतले पत्रकारद्धय खत्री र गौतमलाई सम्मान पत्र र खादा ओढाएर सम्मान गर्नुभएको थियो ।


दुर्गम बस्तीहरुमा समेत पुगेर गाउँ गाउँका समस्या र सम्भावनाहरुलाई समाचार संकलन गरि राष्ट्रिय सञ्चार माध्ययम मार्फत उजागर गराउन योगदान दिएकाले पत्रकारद्धय खत्री र गौतमलाई सम्मान गरिएको मल्कबाङ समाज युकेका अध्यक्ष शेर बहादुर छन्त्यालले जानकारी दिनुभयो ।

सो अवसरमा मल्कबाङ गाउँलाई सञ्चार क्षेत्र मार्फत राष्ट्रिय अन्र्तराष्ट्रिय स्तरमा चिनाउन सहयोग पुर्‍याएको भन्दै म्याग्दी अनलाईनका संयोजक देवान छन्त्याललाई समेत सम्मान गरिएको थियो । उहाँले मल्कबाङ मिडिया डटकमबाट समेत यस क्षेत्रलाई सञ्चार क्षेत्र मार्फत प्रचार प्रसारमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आउनुभएको छ । उक्त अवसरमा जनजागृति माध्यमिक विद्यालयको भवन उद्घाटन गरिएको छ ।

२०७२ सालको भुकम्पले क्षतीग्रस्त विद्यालय भवन जिल्ला शिक्षा कार्यालयबाट बिनियोजन भएको रु १९ लाख ७५ हजार बजेटमा समुदायको पहलमा स्वदेश तथा विदेशमा रहेका मल्कबाङबासीबाट थप करिब १४ लाख बढी सहयोग जुटाएर विद्यालय भवन पुनः निर्माण गरिएको हो ।

तत्कालिन मल्कबाङ गाविसका पूर्व अध्यक्ष एवम समाजसेवी सुवेदार तुल बहादुर घ्याप्चन छन्त्याल, धौलागिरि गाउँपालिका उपाध्यक्ष रेशम छन्त्याल, प्रमुख प्रशासकिय अधिकृत अर्जुन शर्मा लगायत बरिष्ठ चन्दादाताहरुले संयुक्त रुपमा विद्यालय भवनको उद्घाटन गर्नुभएको हो । जिल्ला शिक्षा कार्यालयको ३ कोठे भवनको लागि विनियोजन भएको बजेटमा समुदायले लाखौँ आर्थिक संकलन कक्षा ५ सम्म पठनपाठन हुने गरि पूर्वाधार निर्माण गरेका छन् ।