गुर्जामा गरिएको पशु स्वास्थ्य शिविरबाट २७ सय पशुचौपायाको उपचार

  • २५ बैशाख २०७५, मंगलवार
  • 2255 पटक पढिएको


म्याग्दी, २५ बैशाख । सेवा सुविधाको हिसावले म्याग्दीकै दुर्गम मानिने धवलागिरी गाउँपालिका –०१, गुर्जामा पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । गुड नेर्वस इन्टरनेशनल नेपालको आर्थिक सहयोग, जिल्ला पशु सेवा कार्यालयको प्राविधिक सहयोगमा पशु स्वास्थ्य शिविर सम्पन्न भएको हो ।


संगम म्याग्दी, हिमाली कृर्षि सहकारी संस्था गुर्जा र धवलागिरी गाउँपालिकाको समन्वयमा गुर्जामा एक दिने पशु स्वास्थ्य शिविरबाट ७६ घर धुरीका करिव २ हजार ७४५ ओटा पशु चौपायाको प्राविधिक टोलिबाट उपचार गरि औषधी वितरण गरिएको संगम म्याग्दीका प्रशासन तथा लेखा अधिकृत नारायण घर्ति क्षेत्रीले बताए ।

शिविरमा जिल्ला पशु सेवा कार्यालयका प्रा.स. टुकनाथ तिवारी, लुलाङ्ग सेवा केन्द्रका गणेश रिजाल, मुदी सेवा केन्द्रका अजय कुसुवा, मुदीको विमला रोका र संगम म्याग्दीका कृष्ण प्रसाद सुवेदीको टोलिले कुखुरा, गाई, भैसी, गोरु, घोडा, भेडाबाख्रा खच्चड लगायतका पशु चौपायाको उपचार तथा औषधी वितरण सँगै कृषकहरुलाई पशु स्वास्थ्य सम्बन्धमा परामर्श समेत दिइका थिए । गुर्जामा आयोजित पशु स्वास्थ्य शिविरको म्याग्दी सामुदायिक विकास परियोजनाका परियोजना व्यवस्थापन समितिका अध्यक्ष प्रेम बहादुर छन्त्यालले उद्घाटन गरेका थिए ।