गलेश्वरमा १५ दिने योग शिविर सम्पन्न
- २५ बैशाख २०७५, मंगलवार
- धिरन खत्री
- 2274 पटक पढिएको
म्याग्दी, २५ बैशाख । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा नियमित योग शिविर सुरु भएको छ । १५ दिन सम्म सञ्चालन भएको योग शिविरबाट प्रशिक्षक उत्पादन गरि नियमित रुपमै योग शिविर सञ्चालन गर्न लागिएको योग प्रशिक्षक निसा महतले जानकारी दिनुभयो ।
बेनीमा रहेको नविन आनन्दयोग केन्द्रको गलेश्वर शाखाको आयोजनामा भएको शिविरको मंगलवार समापन गर्दै नविन आनन्दयोग केन्द्रका अध्यक्ष नविन जुग्जालीले योगले मानिसको शारीरिक एवम् मानविक स्वास्थ्यलाई सन्तुलित राख्न सहयोग पुग्ने बताउँदै नियमित योगले स्वस्थ बन्न सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्र केसी, कोषाध्यक्ष बम बहादुर पुन, सहभागी गौमायाँ गर्वुजा, फुलकुमारी रोका लगायतले मन्तव्य राख्नुभएको थियो ।
शिविरका संयोजक बालकुमार लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन निसा महतले गर्नुभएको थियो । २५ जनाको सहभागीता रहेको शिविरमा शिबराज घिमिरेले प्रशिक्षण दिनुभएको थियो । उक्त शिविरबाट गलेश्वरमा नियमित योग अभ्यास शिविर सञ्चालन गर्न निसा महत, मनु पुन, जुना बुढाथोकी, विन्दु कार्की पुर्जा र शिब सुवेदी प्रशिक्षकको रुपमा चयन हुनुभएको छ ।
धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l