खिङ्गामा डेढ करोड लागतको वोधिसत्वा धार्मिक स्तुपा निर्माण हुने

  • २५ बैशाख २०७५, मंगलवार
  •  सुन्दर कुमार थकाली
  • 2504 पटक पढिएको

मुस्ताङ काे वारागुङ मुक्तिक्षेत्र गाउँपालिका खिङ्गामा डेढ करोड लागतको वोधिसत्वा धार्मिक स्तुपा निर्माण हुने भएको छ ।  एक समारोहकाबीच लामा आचार्य छोम्बेल र स्थानीय समाजसेवी रमेश गुरुङले संयुक्त रुपमा धार्मिक परम्परा अनुसार स्तुपाको शिलन्यास गरेका छन् । धार्मिक महत्व राख्ने उक्त स्तुपाका लागि स्थानीयकै सक्रियतामा आर्थिक सहयोग संङ्कलन सुरु भएको हो ।

जसका लागि वारागुङ गाउँपालिकाले १० लाख बजेट विनियोजन गरेको छ भने स्थानीयबाट करिव ४३ लाख सहयोग प्राप्त भएको छ । स्तुपा निर्माणमा ठुलो लागत खर्च हुने भएकाले देश बिदेशमा रहेका मुस्ताङी समुदायलाई सहयोगका लागि अनुरोध गर्ने निर्माण समितिले गरेको छ । वारागुङ मुक्तिक्षेत्रमा थुप्रै धार्मिक स्थल भएपनि खिङ्गा कुनै धार्मिक स्थलका पुर्वाधार बन्न सकेको थिएन । शिलन्यासपछि समितिका अध्यक्ष रमेश गुङले धार्मिक स्तुपा निर्माणले गाउँको पहिचानलाई उचाईमा पु¥याउने उल्लेख गरे ।

उनले स्तुपा बनेपछि मुक्तिनाथमा आउने दर्शनार्थीले स्तुपाको समेत अवलोकन गर्ने दावी गरे ।त्यस्तै लामा आचार्य छोम्बेलले मुस्ताङमा लामो समयदेखि खडेरी परेर मुहान सुक्दै गएको,समय समयमा पानी नपरेर अन्नवाली मासिदै गएका कारण स्तुपा निर्माण गर्ने तर्फ पहल थालिएको जनाए ।लामा आचार्यले गाउँमा रोग ब्याधी तथा अनिष्ट नहोस्,विश्वमा शान्ति छाओस् र अन्नवाली सप्रियोस् भन्ने कामना गर्दे बुद्धिस परम्परा अनुसार पुजाआजा सहित स्तुपाको शिलन्यास भएको जानकारी दिए । पौराणिक मान्यता अनुसार बुद्धिस शाक्यमुनी बुद्धले आफ्नो जीवनकालमा महत्वपुर्ण ८ कार्यहरु गरेका थिए ।

जसमध्ये तिनै ८ वटाकार्य मानव जीवनमा संञ्चित रहनका लागि ८ वटा स्तुपा निर्माण भएका हुन् ।जस मध्ये शुक्रवार वारागुङको खि·ामा शिलन्यास गरिएको धार्मिक स्तुपा पनि एक मानिन्छ ।धार्मिक तथा पर्यटन प्रर्वधन गर्ने उद्देश्य सहित स्तुपा निर्माण हुन लागेको निर्माण समितिले जनाएको छ ।जोमसोम देखि मुक्तिनाथ सडकको पुर्वतर्फ ५० मिटर पर स्तुपा निर्माण गर्न लागिएको हो ।जसका लागि ४६ मिटर जग्गा समेत प्राप्त भएको छ ,भने स्तुपा सम्म पुग्नका लागि स्थानीयले मोटर बाटो र पार्किङका लागि जग्गा समेत दान गरेका हुन् ।साँढे चारतले संरचनाको बन्ने स्तुपा करिव ४३ फुट अग्लो र चौडाई २४ मिटरको हुनेछ ।

समितिका अनुसार स्तुपा रहेको नजीकै आर्कषक म्युजियम र बोटानिकल गार्डेन समेत निर्माण हुनेछ ।जसका लागि स्थानीय समाजसेवी रमेश गुरुङको अध्यक्षतामा ११ सदस्यीय स्तुपा निर्माण तथा सहयोग समिति गठन भएको छ । शुक्रवार खिङ्गामा ३३ घरधुरीका गुरुङ समुदायका मानिसहरुले धार्मिक कला संस्कृति अनुसार शिलन्यासमा सहभागि भएका हुनु,भने स्तुपाको सुभसाईतका लागि १ दर्जन लामाहरुबाट पुजापाठ गरिएको थियो । स्तुपा २ वर्षमा संम्पन्न गर्न समितिले जनाएको छ ।

 सुन्दर कुमार थकाली