ज्ञानोदय मावि पाचौं राष्ट्रपति कप च्याम्पियन

  • १८ बैशाख २०७५, मंगलवार
  • 2010 पटक पढिएको

मुस्ताङ १८ बैशाख ।  मुस्ताङको पवित्र धार्मिक पिण्डस्थल कागबेनीमा भएको पाचौं राष्ट्रपति कप रनिङशिल्ड खेलकुद प्रतियोगितामा थासाङ गाउँपालिकाको ज्ञानोदय मावि लेते सर्वाधिक अंङ्क बटुल्दै प्रतियोगिताकै च्याम्पियन बन्न सफल भएको छ । ज्ञानोदयले उपाधिका साथसाथै भलिबलतर्फको छात्र,छात्रा दुबै खेलमा समेत च्याम्पियन बनेको हो ।

प्रतियोगिता अन्तर्गत मंगलबार भएको छात्रतर्फको भलिबल फाईनलमा ज्ञानोदय मावि लेतेले २५–२३,२५–२२ र २५–१७ को सोझो सेटमा जनहित मावि जोमसोमलाई हराउदै च्याम्पियन बनेको हो भने छात्रातर्फकै भलिबलमा ज्ञानोदय मावि लेतेले २५–२०,२६–२४ र २५–१७ को सोझो सेटमा योगेन्द्र मावि टुकुचेलाई पाखा लगाउँदै छात्र भलिबलको च्याम्पियन बनेको हो । छात्र भलिबलतर्फ जनहित मावि दोश्रो र जनआदर्श मावि कोवाङ तेश्रो भए ।छात्रा भलिबलतर्फ योगेन्द्र मावि दोश्रो र जनशान्ति मावि कागबेनी तेश्रो भए ।

यसअघि छात्र भलिबलको सेमिफाईनलमा जनहित मावि जोमसोम भर्सेस धौलागिरी र ज्ञानोदय मावि लेते भर्सेस जनआदर्श मावि कोवाङ आमने सामने भएका थिए । जसमा जनहित माविले धौलागिरीलाई ३–१ सेटमा पराजित गरेको थियो भने ज्ञानोदय मावि लेतेले ३–१ को सेटमा जनआदर्श माविलाई हराउदै फाईनलमा प्रबेश गरेको थियो । छात्रा भलिबलको सेमिफाइलमा योगेन्द्र मावि भर्सेस जनशान्ति मावि र ज्ञानोदय मावि भर्सेस जनआदर्श मावि आमने सामने भएका हुन् ।

जसमा ज्ञानोदय माविले ३–० को सोझो सेटमा जनआदर्श माविलाई हराउदै फाईनलमा पुगेको हो भने, योगेन्द्र माविले जनशान्ति माविलाई ३–१ को सेटमा हराउदै फाईलनमा पुगेको हो । यसअघि भएको प्रतियोगिता अन्तर्गत छात्र १ सय मिटर दौडमा धौलागिरी मावि प्रथम,जनहित मावि दोश्रो र योगेन्द्र मावि तेश्रो ,छात्र २ सय मिटर दौडमा धौलागिरी मावि प्रथम,ज्ञानोदय मावि दोश्रो र योगेन्द्र मावि तेश्रो,छात्र ४ सय मिटर दौडमा जनहित मावि प्रथम,धौलागिरी मावि दोश्रो र योगेन्द्र मावि तेश्रो र छात्र ८ सय मिटरतर्फ ज्ञानोदय मावि प्रथम,जनहित मावि दोश्रो र धौलागिरी तेश्रो भए ।

त्यस्तै छात्रा १ सय मिटर दौडमा योगेन्द्र मावि प्रथम,जनहित मावि दोश्रो र जनशान्ति मावि तेश्रो,छात्रा २ सय मिटरमा योगेन्द्र मावि प्रथम,जनहित दोश्रो र जनशान्ति मावि तेश्रो भए र छात्रा ४ सय मिटरको दौडमा योगेन्द्र मावि प्रथम,जनहित मावि दोश्रो र जनशान्ति मावि तेश्रो भए । पुरुष छात्र सटफुटतर्फ धौलागिरी प्रथम,जनहित मावि दोश्रो र योगेन्द्र मावि तेश्रो भ एभने छात्रा सटफुटतर्फ जनशान्ति मावि प्रथम,ज्ञानोदय मावि दोश्रो र जनआदर्श मावि तेश्रो भएका छन् ।महिला छात्रा ज्याभलिङ थ्रोतर्फ जनशान्ति मावि प्रथम,ज्ञानोदय मावि दोश्रो र योगेन्द्र मावि तेश्रो बने ।छात्रा ज्याभलिङ थ्रो तर्फ जनशान्ति मावि प्रथम,जनहित मावि दोश्रो र योगेन्द्र मावि तेश्रो भए ।

पुरुष छात्र हाईजम्पतर्फ जनबाल मावि मार्फा प्रथम,ज्ञानोदय मावि दोश्रो र धौलागिरी मावि तेश्रो भए ,महिला हाईजम्पमा जनशान्ति मावि प्रथम,योगेन्द्र मावि दोश्रो र जनहित मावि तेश्रो भएका छन् ।त्यस्तै,पुरुष छात्र लङजम्पतर्फ धौलागिरी प्रथम,ज्ञानोदय मावि दोश्रो र जनबाल मावि तेश्रो भए ।महिला छात्रमा जनशान्ति मावि प्रथम,जनबाल मावि दोश्रो र जनहित मावि तेश्रो भएका छन् ।पुरुष छात्रको त्रिपलजम्पमा धौलागिरी मावि प्रथम,जनशान्ति मावि दोश्रो र योगेन्द्र मावि तेश्रो भएका हुन् भने महिला छात्रातर्फ जनशान्ति मावि प्रथम ,जनहित मावि दोश्रो र योगेन्द्र मावि तेश्रो भए ।

प्रतियोगितामा उत्कृष्ट मार्च पास ,उत्कृष्ट नृत्य ,सर्वोउत्कृष्ट खेलाडी आदी बिधाका पुरस्कार समेत समावेश गरिएको थियो । जिल्ला खेलकुद बिकास समितिको आयोजनामा मुस्ताङमा वर्षेनी राष्ट्रपति कप रनिङशिल्ड खेलकुद प्रतियोगिता संञ्चालन गरिदै आएको छ ।प्रतियोगिता २०७० सालबाट सुरु गरिएको हो ।पाचौं संस्करणको राष्ट्रपति कपको च्याम्पियन बनेको ज्ञानोदय मावि लेतेले नगद १५ हजार ,प्रमाणप त्र र ट्रफी पाएको छ भने उपबिजेता जनहित मावि जोमसोमले नगद १२ हजार,प्रमाणपत्र र ट्रफी प्राप्त गरेको छ ।प्रतियोगितामा तेश्रो भएको योगेन्द्र मावि टुकुचेले नगद १० हजार,प्रमाणपत्र र ट्रफी जितेको छ ।

कुल ६ बिधाका २१ खेलमा स्कोरिङका आधारमा च्याम्पियन घोषणा गरिएको हो ।प्रतियोगिताका बिजेता,उपबिजेता र तेश्रो भएका बिद्यालयलाई जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष भुपेन्द्र शेरचनले पुरस्कार प्रदान गरेका थिए ।३ दिन सम्म संञ्चालन भएको प्रतियोगितामा जिल्लाका ८ बिद्यालयले सहभागिता जनाएका हुन् ।अन्य बिधागत पुरस्कार स्थानीय जनप्रतिनिधि ,शिक्षक, आदीले बितरण गरेका हुन् ।रनिङशिल्डको समापन समारोहमा बोल्दै अध्यक्ष भुपेन्द्र शेरचनले घरेलु खेलकुदको बिकास गर्दे क्षेत्रिय तथा राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्षका साथ प्रतियोगिता आयोजना भएको बताए ।

उनले प्रतियोगितालाई ५ औं संस्करण सम्म निरन्तर सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्दे आगामी संस्करण पनि यस्तै सहयोग हुने अपेक्षा गरे ।समितिका सचिव सुमन थकालीले प्रतियोगितालाई आर्थिक,भौतिक र सामाजिक रुपमा संम्पन्न गर्न सयोग गर्न सबैलाई धन्यवाद व्यक्त गरे ।प्रतियोगितामा रेफ्रीको जिम्मेवारी लिएर सहयोग गर्ने नेपाल प्रहरीका जवानहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।जारी प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको उपल्लो मुस्ताङको दिब्यदिप माविले कुनै पनि पदक हात पार्न सकेन ।