श्रमिक दिवसको अवसरमा अस्पतालका बिरामीलाई फलफूल बितरण
- १८ बैशाख २०७५, मंगलवार
- 1785 पटक पढिएको
म्याग्दी, १८ बैशाख । ‘आर्थीक र सामाजिक उन्नतिका लागी श्रमिक एकता’ भन्ने मुल नाराका साथ म्याग्दीमा पनि १२९ औँ अन्तराष्ट्रिय श्रमिक दिवस मनाईएको छ ।नेपाल ट्रेड युनियन काँग्रेस जिल्ला कार्य समिति म्याग्दीको आयोजनामा बेनी जिल्ला अस्पतालमा रहेका बिरामिलाई फलफुल बितरण गरि श्रमिक दिवस मनाईएको हो । अस्पतालमा रहेका २४ जना बिरामीलाई फलफुल वितरण गरिएको हो ।
फलफूल बितरण गर्नु अघि भएको कार्यक्रमा प्रमुख अथिति नेपाली काग्रेसका सचिब तथा बेनी नगरपाललिका प्रमुख हरि कुमार श्रेष्ठले श्रम बिना कुनै पनि कार्य सम्भव नहुने भएकाले सबैले श्रमको सम्मान गर्नु पर्ने बताए । ट्रेड युनिय काँग्रेस म्याग्दीका अध्यक्ष कोमल उपाध्याको अध्यक्षतामा भएको कार्यक्रममा युनियनका निवर्तमान अध्यक्ष दुर्गाराम सुबेदीले ट्रेड युनियनले फलफुल बितरण बिगतका श्रम दिवसमा पनि गरेको र आगामी दिवसमा पनि यस्ता कार्यक्रमहरु गर्दै जाने बताए । बेनी अस्पताल विकास समितिका अध्यक्ष माधव प्रसाद रेग्मी मन्तव्य राखेको कार्यक्रमको युनियनका सचिव बधिहरि सुबेदीले गरेका थिए ।