मजदुरको गुनासो सुन्न जनप्रतिनीधिको उपस्थित भएनन्
- १८ बैशाख २०७५, मंगलवार
- धिरन खत्री
- 2414 पटक पढिएको
म्याग्दी, १८ बैशाख । १२९ औँ अन्तराष्ट्रिय श्रमदिवसको अवसरमा मंगलबार बेनीमा भएको कार्यक्रममा मजदुरको गुनासो सुन्न जनप्रतिनीधि उपस्थित भएनन्। नेपाल टे«ड युनियन महासंघ ( जिफन्ट) म्याग्दीको आयोजना र क्युपेक नेपाल म्याग्दीको सह–आयोजनामा “परिवर्तन राज्य संरचना र श्रमको हक अधिकार” भन्ने विषयमा भएको अन्तक्रिया कार्यक्रममा जनप्रतिनीधिको उपस्थित भएको थिएन् ।
श्रव दिवसको अवसरमा बेनी नगरपालिका केन्द्रित श्रमिकहरुको उपस्थितमा भएको कार्यक्रममा स्थानीय जनप्रतिनीधिलाई उपस्थितका लागि पत्र पठाएपनि उपस्थित नभएको आयोजक बताउछन् । नेपाल सरकार र स्थानीय सरकारले श्रमिकको पक्षमा भएको अधिकारलाई कार्यान्वयन गर्न दवाव र श्रममा भएको समस्यालाई समाधान गर्ने उद्देश्यले गरिएको अन्तक्रिया कार्यक्रममा पत्र मार्फत जानकारी गराएपनि जनप्रतिनीधि उपस्थित नभएको आयोजकले गुनासो छ ।
११ बजे सुरु हुने कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी उपस्थित भएका थिए । तर समयमा कार्यक्रम सुरु हुन नसक्दा अर्को कार्यक्रममा उपस्थित हुनुपर्ने जानकारी गराएर उनी बाहिरीएका थिए । बेनी केन्द्रित मजदुरको कार्यक्रममा बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठ सहित बेनी वडा ६, ७ र ८ को वडा अध्यक्षलाई जानकारी गराउँदा पनि उपस्थित नहुदाँ मजदुरको समस्या कस्ले सुन्ने बेनीमा आरन पेशा गर्दै आएका लुलाङका श्रीप्रसाद विकले प्रश्न गरे।‘ हाम्रो समस्या सुनेर समाधान गर्न सक्ने भनेको जनप्रतिनीधि नै हो, तर हाम्रो कायक्रममा उपस्थित नहुनुको कारण बुझ्न सकिएन ।’ क्युपेक नेपालका अध्यक्ष महेश कुमार राईले बताए ।
नीजि क्षेत्रको कार्यक्रममा उपस्थित हुने जनप्रतिनिधि समृद्ध नेपालको जग मानिने श्रमिकहरुको कार्यक्रमका किन उपस्थित भएनन् सबैको साचो र चिन्तन विषय भएको जिफन्ट नेपाल म्याग्दी शाखाका उपाध्यक्ष राजकुमार राईले बताए । श्रमिक दिवसको अवसरमा मिलन केन्द्रमा भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले म्याग्दीका सचिव बालकृष्ण सुवेदीले समृद्ध नेपालको जग श्रमिक भएको हुदाँ श्रमिकहरुको पेशामा न्युनतम ज्यालाको ग्यारेन्टी, विमा ब्यवस्था, सुरक्षा, आकस्मिक स्वास्थ्य उपचार ब्यवस्था सरकारले सुनिश्चि गरेर कार्यान्वयन गनुपर्ने बताएका थिए । त्यस्तै सो कार्यक्रममा नेपाली काग्रेस म्याग्दीका सचिव क्याप्टेन मिनबहादुर कार्की, पेशागत महासंघ म्याग्दीका अध्यक्ष भक्त कार्की, क्युपेक नेपाल म्याग्दीका सल्लाकार देवबहादुर सुनारले श्रमिक देश विकास आधार भएको हुदाँ श्रमिक माथि भएको शोषणामा स्थानीय सरकार सचेत हुनुपर्ने ध्यानाकर्षण गराएका थिए । जिफन्ट म्यादीका उपाध्यक्ष राजकुमार राईको अध्यक्षता, क्युपेक नेपाल म्याग्दी अध्यक्ष महेश कुमार राईको स्वागत मन्तव्य तथा संचालनमा सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रमा काम गर्ने श्रमिकहरुको सहभागिता रहेकाे थियाे ।
धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l